१५ असार। टर्कीको राजधानी इस्तानबुलस्थित आतातुर्क अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको आत्मघाती विष्फोटमा परि ३६ जनाले ज्यान गुमाएका छन् । आतंकवादीले गराएको सो घटनामा अन्य १४० जना घाइते भएका छन् ।
घटनाविवरणअनुसार तीन जना हतियारधारी आतंकवादीहरु टर्मिनल भवन अगाडी आएर अन्धाधुन्ध गोली प्रहार गर्न थालेका थिए । प्रहरीले ती आतंकवादीविरुद्ध जवाफी फायरिङ गर्दा उनीहरुले शरीरमा लगाएको विष्फोटक पदार्थ विष्फोट भएको थियो । टर्कीका प्रधानमन्त्री विनाली यिल्ड्रिमले घटनामा चरमपन्थी संगठन आइएसआइएसको संलग्नता भेटिएको छ । घटनापछि आतातुर्क विमानस्थल पूर्णरुपमा बन्द गरिएको छ ।
भिडियोकि लागि क्लिक गर्नुहोस
-काठमाडौटुडेबाट













