- अमर काफ्ले

सुनसरी। गृह जिल्ला सुनसरी पुगेका नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदार एमाले प्रति खनिएका छन ।बर्जु गाउँपालिकामा आयोजित सभालाई सम्बाधनको क्रममा गच्छदारले ललिता निवास प्रकरणमा आफुलाई फसाइनुको पछाडी ओलीको हात रहेको बताए ।तत्कालिन समयमा एमालेमा नमिलेकै कारण सुनियोजित रुपमा आफुलाई फसाइएको बताएका गच्छदारले आरोप प्रमाणित गरेर देखाउन समेत चुनौती दिए ।

गच्छदारले भने, “ओलीजीसँग चुनावी तालमेल गर्न सकिन, एमालेमा समाहित हुन सकिन र काँग्रेसमै फर्किए । त्यसैकारण तत्कालिन सरकारले सुनियोजित रुपमा मलाई फसायो ।” सम्बोधनको अधिकांश समय ललिता निवास प्रकरणको विषयमा खर्चिएका गच्छादारले अन्यको सुझाव अनुशरण गर्दा नगरेको गल्तीको आरोप खेप्नु परेको बताए । गच्छदारले आफ्नो राजनीतिक करियर सक्ने दाउपेच चालिएको मैदानबाट नभाग्ने भन्दै न्यायको लागि कानुनी लडाई लड्ने बताए ।गच्छदारले आफुले राज्यको एक पैसा समेत हिनामिना नगरेको बताए ।उनले आफुलाई फसाउन खोज्ने प्रति लक्षित गर्दै भने, “सक्छौ भने आरोप प्रमाणित गरेर देखाइयोस, गल्ती ठरिएर मृत्युदण्ड स्विकार्ने छु ।”गच्छदार नेपाली काँग्रेस बर्जु गाउँ कार्य समितिले आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि भएका थिए । सो कार्यक्रममा १४ औं महाधिवेशनबाट निर्वाचित भएकाहरुलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia