- बिरेन्द्र शाह

भोक्राहा नरसिंह गाउँपालिकामा डकर्मी (मेसन) तालिम सम्पन्न भएको छ। युवा रोजगारीकालागि रुपान्तरण पहल आयोजना अन्तर्गत कार्यस्थलमा आधारित तथा जीवन उपयोगी सीप विकास तालिम सम्पन्न भएको हो।

भोक्राहा नरसिंह गाउँपालिकाका विभिन्न वडाबाट छनौट गरि जम्मा ४० जना सहभागिले ५० दिन उक्त मेसनको तालिम लिएका हुन्।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देशका विभिन्न जिल्लामा यो कार्यक्रम सञ्चालनमा आएको हो। यसै अनुरुप यस गाउँपालिकामा समेत यो कार्यक्रम सञ्चालनमा आएको पालिकाकि रोजगार संयोजक शोभा मेहताले इनरुवा अनलाईनलाई जानकारी गराउनु भएको हो। ५० दिनको तालिम अवधिमा ४० दिन सहभागीहरुले डकर्मी सम्बन्धि सीप सिकेका हुन भने १० दिन जिवन उपयोगी विषयको ज्ञान लिएका हुन।


समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार अधिकारीले सहभागीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो।

सीप र ज्ञान व्याक्तिको जिवनकालागि अभिन्न अंग भएको र समय समयमा विभिन्न विषयका सीप मुलक तालिमहरु पालिकाको अगुवाईमा भै रहेको तथा बेरोजगार युवायुवतिहरुले प्रत्यक्ष रुपमा लाभ लिरहेको पालिका अध्यक्ष अजमल अख्तर मियाँले बताउनु भयो।

सीप मुलक तालिम प्राप्त गरि सके पछि बेरोजगार युवाहरुकालागि विभिन्न आयआर्जनाका बाटो खुल्ने तथा भोलीका दिनमा अन्य मुलुकमा श्रमकालागि जादाँ ठगिनु नपर्ने वहाको कथन रहेको थियो।

कार्यक्रमा उपाअध्यक्ष सुनिता कुमारी उरावँ, प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार अधिकारी, वडा अध्यक्षहरु, वडा सदस्य, कार्यपालिका सदस्य, शाखाका कर्मचारीहरु तथा तालिमका सहभागीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता पालिका अध्यक्ष अजमल अख्तर मियाँले गर्नु भएको थियो।

तालिम कार्यक्रमको प्राविधिक सहयोग नेशनल स्किल डेभलपमेन्ट एण्ड रिसर्च सेन्टर प्रा. लि. इनरुवा, सुनसरीले गरेको थियो। नेशनल स्किल डेभलपमेन्ट एण्ड रिसर्च सेन्टर CTEVT सम्बन्धन प्राप्त तालिम प्रदायक संस्था हो। कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने कार्यक्रम पालिकाको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन एवं सहजिकरण पालिकाका रोजगार साहायक पारस दाहालले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia