इनरुवा — इनरुवाको मुटु मानिने इनरुवा–१ स्थित चन्द्रिका मेडिकल स्टोर तथा माइक्रो फार्मेसीलाई औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि बिक्री–वितरण गरेको आरोपमा सिलबन्दी गरेको छ।


विभागका सूचना अधिकारी दिपेन्द्र खड्काका अनुसार विभागले इनरुवाका १७ वटा औषधि पसलमा अनुगमन गर्दा २ वटा पसलमा दर्ता नभएका औषधि भेटिएको थियो। अनियमितता फेला परेपछि दुवै पसललाई हिजै सिलबन्दी गरिएको र विभागीय कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए। खड्काका अनुसार यो नियमित अनुगमनको भाग हो।
तर अनुगमन र कारबाहीबारे जिल्ला प्रशासन कार्यालय, सुनसरीलाई कुनै जानकारी नभएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताएका छन्। उनले विभागले संचालन गरेको अनुगमनबारे प्रशासन अनभिज्ञ रहेको स्पष्ट पारे।यस्तै, उधोग वाणिज्य संघ इनरुवालाई पनि यसबारे कुनै सूचना नपुगेको संघका अध्यक्ष बिरेन्द्र साहले बताएका छन्।








