नेपाल सरकार राष्ट्र तथ्याङ्क कार्यलयद्वारा आर्थिक गणना २०८२ को सञ्चालन हुन गइरहेको छ। नेपालमा पहिलो पटक आर्थिक गणना २०७८ सालमा सम्पन्न भएको थियो। हाल दोस्रो राष्ट्र आर्थिक गणना २०८२ को सञ्चालन हुँदैछ। यो गणना “अर्थतन्त्रको लागि आर्थिक गणना” भन्ने नारासहित देशभरका एकाइहरुको वास्तविक अवस्था थाह पाउन मिती २०८२ बैशाख २ देखि २०८३ असार ७ गतेसम्म सञ्चालन हुने जानकारि गराइएको छ।
आर्थिक गणनामा देशभित्र सञ्चालनमा रहेका वस्तु उत्पादन तथा एउटै स्वामित्वमा रही एकै वा मुख्य रुपले कुनै एउटा आर्थिक क्रयाकलाप गर्ने सबै एकाइहरुमा पुगी त्सको विवरण संकलन, प्रशोधन एंव वितरण गरिन्छ।
यस गणनाका प्रमुख उद्देश्यहरू निम्नानुसार छन्:
- देशभरका आर्थिक प्रतिष्ठानको विद्यमान संख्या, संरचना, आकार र वितरणको तथ्याङ्क उपलब्ध गराउनु
- राष्ट्रिय लेखा अनुमानलाई सुदृढ बनाउनु
- संघ, प्रदेश र स्थानीय तहमा नीति निर्माण तथा योजना तर्जुमाका लागि आधारभूत आर्थिक तथ्याङ्क प्रदान गर्नु
- रोजगारीको अवस्था चित्रण गर्नु तथा राष्ट्रिय र स्थानीय स्तरमा आर्थिक सम्भाव्यता पहिचान गर्नु
यो गणना देशभरका सबै वडा, स्थानीय तह, जिल्ला र प्रदेशमा सञ्चालन हुनेछ।
आर्थिक गणना गर्नुका कारणहरू
आर्थिक गणना सञ्चालन गर्नुका पछाडि निम्न प्रमुख कारणहरू रहेका छन्:
- आधारभूत तथ्याङ्क सङ्कलन : सबै प्रकारका प्रतिष्ठान तथा व्यवसायको आधारभूत आर्थिक तथ्याङ्क सङ्कलन र उत्पादन गर्नु
- नीति तथा योजना निर्माण : उद्योग र व्यवसायमैत्री सरकारी नीति तथा योजनाहरू तर्जुमा गर्न सहयोग पुर्याउनु
- आर्थिक सम्भाव्यता पहिचान : राष्ट्रिय र स्थानीय स्तरमा विद्यमान आर्थिक अवसर र सम्भाव्यता पहिचान गर्नु
- रोजगारीको अवस्था चित्रण : देशभरका श्रमिक तथा रोजगारीको यथार्थ अवस्था प्रस्तुत गर्नु
समावेश हुने क्षेत्रहरू
यस गणनामा जम्मा १८ आर्थिक क्षेत्रहरू समावेश गरिनेछन्, जसमा कृषि, वन तथा माछापालन, खानी तथा उत्खनन्, औद्योगिक उत्पादन, निर्माण, थोक तथा खुद्रा व्यापार, यातायात, सूचना तथा सञ्चार लगायत सम्पूर्ण औपचारिक र अनौपचारिक आर्थिक प्रतिष्ठान समेटिनेछन्।
तथापि, सुरक्षा निकाय, सामान्य घरायसी क्रियाकलाप, अन्तर्राष्ट्रिय संघसंस्था, कूटनीतिक नियोग तथा प्रशासनिक एवं नियमनकारी कार्य गर्ने सरकारी कार्यालयहरू यस गणनामा समावेश हुने छैनन्।
तथ्याङ्क संकलनको समयतालिका
- स्थलगत तथ्याङ्क सङ्कलन अवधि : वि.सं. २०८२ वैशाख २ देखि २०८३ असार ७ गतेसम्म
- देशभरका ७७ जिल्लामा थप ७ सहित ८४ जिल्ला आर्थिक गणना कार्यालय १ चैत्र २०८२ देखि स्थापना गरिएका छन्
- उक्त कार्यालयहरू २०८३ असार मसान्तमा बन्द हुनेछन्
यस गणनाले देशको समग्र अर्थतन्त्रको यथार्थ तस्बिर प्रस्तुत गर्दै भविष्यमा थप प्रभावकारी नीति तथा योजना निर्माणमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
जनक स्मृति माध्यमिक विद्यालय, इनरुवा–३, सुनसरी कक्षा ८ का विद्यार्थी बिभस्वी शाहद्वारा आर्थिक गणना २०८२ विषयमा तयार गरिएको लेख।









