एक युवतीको पीडाः जव मलाई प्रहरीले नै एकान्त गल्लीमा लगेर पछाडिबाट च्याप्प समाते…
२६ मंसिर।म काठमाडौंको चक्रपथस्थित एक कलेजमा ब्याचलर्स तहमा अध्ययन गरिरहेको विद्यार्थी हुँ । केही कारणले, खासगरि आफैंलाई समस्या पर्ने डरले मेरो नाम उल्लेख गर्न चाहिन । सँधैझैं म २५ मंसिरमा बिहान आफ्नै स्कुटरमा कलेजतर्फ आइरहेको थिए ।
धुम्बाराहीमा आइपुगेपछि एक जना दिदीलाई लिफ्ट दिन खोज्दा आफ्नो ल्यापटप खसेको थाह पाएं । तुरुन्तै फर्केर जांदा प्रत्यक्षदर्शीहरुले एउटा बसका चालकले लगेको बताए ।
म त्...








