miss-universe-2015

यूनिभर्सको उपाधि फिलिपिन्सकी पिया अलोन्जो उर्जबाले जितेकी छिन् । लस भेगासमा आइतबार सम्पन्न प्रतियोगितामा स्टिभ हार्भेले विजेता घोषणा गर्ने बेलामा गलत नाम लिएपछि ‘मिस यूनिभर्स’को घोषणा नाटकिय ढंगले भयो र मिस कोलम्बियाले लगाएको मिस युनिभर्सको ताज एक मिनेट मै खोसियो। ‘मिस फिलिपिन्स’ पिया एलोन्जोलाई फस्ट रनरअप घोषणा गर्दै कोलम्बियाकी सुन्दरीलाई उद्घोषकले नयाँ ‘मिस यूनिभर्स’ घोषणा गरे ।

मिस यूएसए, मिस कोलम्बिया र मिस फिलिपिन्स उत्कृष्ट ३ मा थिए । तर, उद्घोषक स्टिभले आफूबाट गल्ती भएको भन्दै ‘मिस यूनिभर्स’को ताज कोलम्यिबाकी सुन्दरीले नभई फिलिपिन्सकी सुन्दरीले जितेको घोषणा गरे । यसपछि मिस फिलिपिन्स स्टेजमा आइन् र मिस कोलम्बियाकी सुन्दरीले लगाएको ताज उनलाई लगाइयो । कुल ८० देशका प्रतियोगीले मिस यूनिभर्स, २०१५को ताजको लागि प्रतिष्पर्दा गरेका थिए। सो प्रतियोगितामा अमेरिकाले भने सेकेन्ड रनर अपमा चित्त बुझाए।

भिडियोको लागि क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया

trusted online casino malaysia