विराटनगर। कवि रोहिणी रसिकद्वारा लिखित ‘छन्द आराधना’ कविता सङ्ग्रह सार्जजनिक भएको छ । खोटाङ सामाजिक सेवा मञ्चले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा साहित्यकार हरिप्रसाद रिमाल, डा भागवत आचार्य, दधिराज सुवेदी, विवश पोखरेल, गङ्गा सुवेदी, बलराम पोखरेल, विराटनगर महानगरपालिका-३ का वडाध्यक्ष वासुबहादुर बस्नेतलगायतले संयुक्तरूपमा सो कृतिको विमोचन गरेका हुन् ।

आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज समालोचक दधिराज सुवेदीले विमोचित कृतिको समीक्षा गरे । त्यस्तै, साहित्यकार मधु पोखरेल, बाबुराम पोखरेल, भरत गुरागाईं बर्बरिक, संस्थाका कोषाध्यक्ष फणिन्द्र पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका कार्यक्रममा कवि मञ्जुश्री गिरी, किशोर कोइराला, यशोदा अधिकारी आचार्य र प्रिन्स प्रमोद ढकालले विमोचन भएको सङ्ग्रहभित्रका कविता वाचन गरेका थिए । सो सङ्ग्रहभित्र विभिन्न विषयलाई आधार मानेर लेखेका ७२ कविता समावेश गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia