मादी सामुहिक हत्या काण्डमा संग्लग्न अभियुक्त पक्राउ
संखुवासभा। संखुवासभाको मादी नगरपालिका-१ मा भाद्र २१ गते भएको एकै परिवारका ६ जनाको सामुहिक हत्यामा संग्लग्न स्थानीय २५ बर्षीय लोक बहादुर कार्की पक्राउ परेका छन् । कार्कीले भाद्र २१ गते छिमेकी ५५ बर्षीय तेज बहादुर कार्की, ५४ बर्षीया कमला भन्ने मनमाया कार्की, ३२ बर्षीया रञ्जना कार्की, ८ बर्षीय बिपिन भनिने दिपेन कार्की, ५ बर्षीया गोमा कार्की र ८४ बर्षीया पार्वती भन्ने पार्वता कार्कीको हत्या गरेका थिए ...












