trusted online casino malaysia
trusted online casino malaysia

झापाका किसानलाई शतप्रतिशत अनुदानमा ‘डिप बोरिङ’काे सुविधा

झापाका किसानलाई शतप्रतिशत अनुदानमा ‘डिप बोरिङ’काे सुविधा
झापा । अन्न तथा तरकारी बाली उत्पादनका लागि प्रसिद्ध दक्षिण झापाको हजारौँ बिघा जग्गामा सिँचाइ सुविधा पुर्‍याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ । उक्त परियोजनाका लागि नेपाल सरकारले १२ करोड बजेट विनियोजन गरेको छ ।नदी सिँचाइ प्रणालीले नछोएका र आकाशे पानीको भरमा खेती गरिरहेका कचनकबल गाउँपालिकाको सातवटै वडा र भद्रपुर नगरपालिकाको १, २ र ३ मा यसै वर्षदेखि परियोजना लागू भएको हो । झापा भूमिगत सिँचा...

पहिचानको आन्दोलनले विराटनगर तनावग्रस्त : प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा

पहिचानको आन्दोलनले विराटनगर तनावग्रस्त : प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा
 इटहरी । पहिचान पक्षधरको आन्दोलनका कारण मोरङको विराटनगर तनावग्रस्त बनेको छ । कोशी प्रदेशको राजधानी सहर विराटनगरको रोडशेष चोक नजिक आन्दोलनकारीले प्रहरीलाई लक्षित गरी ढुंगामुढा बर्साएका छन् । प्रहरीले अगाडि बढ्न रोकेपछि आक्रोशित आन्दोलनकारीको समूहले प्रहरीलाई लक्षित ढुंगामुढा बर्साएका हुन् ।आन्दोलनकारीको ढुंगा लागेर एक प्रहरी घाइते भएका छन् । प्रहरीले आन्दोलनकारीमाथि पाँच राउण्ड अश्रु ग्यास प्रहार ग...

गहुँबारीमा जबरजस्ती गरेको आरोपमा एकजना पक्राउ

गहुँबारीमा जबरजस्ती गरेको आरोपमा एकजना पक्राउ
सिरहा । गहुँबारीमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सिरहाबाट प्रदिप साह पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लक्ष्मिपुर पतारी गाउँपालिका-३ हरीनगर टोल बस्ने २८ वर्षीय प्रदिप साहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । साहलाई ती महिलालाई सखुवानान्कारकट्टी गाउँपालिका-२ तिनकुने चोकस्थित गहुँ बारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्या...

ताप्लेजुङमा साथीले चलाएको बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु

ताप्लेजुङमा साथीले चलाएको बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु
ताप्लेजुङ । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ। आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा सिकार खेल्ने क्रममा ५८ वर्षीय ललित गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार सिकार खेल्न सँगै गएका ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थल मै मृत्यु भएको हो । सोमबार राति करिब १० बजे ...

अग्नि पिडित परिवारलाई पालिका र रेडक्रसको सहयोग

अग्नि पिडित परिवारलाई पालिका र रेडक्रसको सहयोग
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ८ मा आइतबार आगलागी भएको परिवारलाई पालिका र रेडक्रसले राहत सामग्री सहयोग गरेको छ। अग्नि पिडित परिवारलाई गाउँपालिका र रेडक्रसले तत्कालकालागि खाद्यान्न लगायतका सामग्री सहयोग गरेको छ। सुनसरीको भोक्राहा नरसिंहमा आइतबार भएको आगलागीमा ४० लाख भन्दा बढीको धन माल जलेर नष्ट भएको पिडित परिवारका सदस्य खुर्सिद आलमले जानकारी दिएको हो। आलमले आफ्नो सहित फरान अन्सारी आलम, अन्स...

राँके–रवि–भेडेटार सडक : ५० महिनामा २५ प्रतिशत मात्रै प्रगति

राँके–रवि–भेडेटार सडक : ५० महिनामा २५ प्रतिशत मात्रै प्रगति
पाँचथर । पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके–रवि–भेडेटार सडक निर्माण ५० महिनाका अवधिमा २५ प्रतिशत प्रगति भएको छ ।१४ महिनाअघि निर्माण सम्पन्न हुनुपर्ने सडक निर्माणका क्रममा ट्रयाक विस्तार गर्ने, पर्खाल हाल्ने तथा ढलानको तयारी गर्ने कार्य भइरहेको छ । सङ्घीय सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलका अनुसार निर्माण कार्यमा करिब चार वर्षको अवधिमा १८ प्रतिशत भौतिक प्रगति भएको थियो । पछिल्ल...

माेरङकाे कटहरिमा माेटरसाइकल दुर्घटना : चालकको मृत्यु

माेरङकाे कटहरिमा माेटरसाइकल दुर्घटना : चालकको मृत्यु
मोरङ । कटहरी गाउँपालिका–४ स्थित जुडी पुलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।विराटनगर–रंगेली सडकखण्डमा को २ प ३५३० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा धनपालथान गाउँपालिका ७ का ३७ वर्षीय मुकेश यादवको मृत्यु भएको हाे । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार उपचारकै क्रममा विराटनगरस्थित कोशी अस्पतालमा उनको मृत्यु भएको हो । तीव्र गतिका कारण...

१० वर्षमा मोरङको जनसंख्या १.६६ प्रतिशतले वृद्धि : सुन्दरहरैंचा धेरै जनसंख्या भएकाे दाेश्राे ठुलाे शहर

१० वर्षमा मोरङको जनसंख्या १.६६ प्रतिशतले वृद्धि : सुन्दरहरैंचा धेरै जनसंख्या भएकाे दाेश्राे ठुलाे शहर
विराटनगर । राष्ट्रिय जनगणना २०७८ का अनुसार मोरङका १० वर्षको अवधिमा १.६६ प्रतिशतले जनसंख्या वृद्धि भएको छ । २०७८ को तथ्यांक अनुसार मोरङको कुल जनसंख्या ११ लाख ४८ हजार १५६ रहेको छ । जसमा ५ लाख ५७ हजार ५१२ पुरुष र ५ लाख ९० हजार ६४४ महिला रहेका छन् । २०६८ सालको जनगणना अनुसार मोरङको जनसंख्या ९ लाख ६५ हजार ३७० रहेको थियो । पछिल्लो १० वर्षमा १ लाख ८२ हजार ७८५ जनसंख्या वृद्धि भएको हो । तथ्यांक अनुसार विर...

झापाकाे वीरता जेसीजले पायाे उत्कृष्ट शाखा अवार्ड

झापाकाे वीरता जेसीजले पायाे उत्कृष्ट शाखा अवार्ड
झापा, बीरता जेसीजले फÞरवरी २०२३ को क्षेत्र ‘ए’ अन्तरगतको उत्कृष्ट शाखा अवार्ड प्राप्त गर्न सफल भएको छ । काठमाडौँमा सम्पन्न भएको नेशनल काउंसलर एकाडेमीको समापन समारोहको अवसर पारेर वीरता जेसीजलाई क्षेत्र ‘ए’ को उत्कृष्ट शाखा अवार्डद्धारा सम्मान गरिएको हो । उक्त अवार्ड नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धर, ट्रेनर पायलट तथा नेपाल,जेसीजको पुर्व अध्यक्ष सिनेटर महेश दहाल  ट्रेनर को– पाय...

धनकुटा संग जाेडिने २ सडक ममर्त तिब्र : माटोको ग्राभेल गर्न २९ करोड ७२ लाख लागत

धनकुटा संग जाेडिने २ सडक ममर्त तिब्र : माटोको ग्राभेल गर्न २९ करोड ७२ लाख लागत
धनकुटा । अहिले धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिका धनकुटा जोड्ने दुई सडक कालोपत्रका लागि धमाधम काम भइरहेको छ ।आगामी विसं २०८० सम्पन्न हुने गरी धनकुटा नगरपालिका–१ को व्यापारिक केन्द्र हिले बजार र नगरको वडा नं ९ स्थित टमाटर पकेट क्षेत्र बेलहाराबाट पालिका जोड्ने सडक कालोपत्रको चरणमा छ । दुई सडकमध्ये हिले–थलथले–छिँडी हुँदै पालिकाको थलथले बजारसम्म १० किमी कोशी प्रदेश सरकारको प्रादेशिक विशेष सडक आयो...
trusted online casino malaysia