उखु किसानले पाए अनुदान रकम
सर्लाही । सर्लाहीका उखु किसानले एक वर्षपछि बल्ल अनुदानको रकम प्राप्त गरेका छन् । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार प्रत्येक उखु किसानको खातामा अनुदानको रकम प्राप्त भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले गएको बिहीबार बैङ्क तथा वित्तीय संस्थाहरूलाई अनुदान रकमको चेक हस्तान्तरण गरेको थियो । बैङ्कले किसानको खातामा पैसा जम्मा गरिदिएको उखु उत्पादक महासङ्घका ...












