इटहरी । नेपाल विद्युत प्राधिकरणले महसुल नतिरेका थप १४ उद्योगको बिजुली काटिदिएको छ । विगतमा डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका उद्योगको विद्युत आपूर्ति बन्द गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले पाँच करोड बढी बिद्युत् बक्यौता भएका उद्योगको विद्युत् लाइन काटेको हो ।

गत पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकको लाइन काट्न शुरु गरिएको छ । पहिलो चरणमा एक अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका चार वटा उद्योग र त्यसपछि पाँच गरी नौ उद्योगको लाइन काटिएको थियो। शुक्रबार थप १४ उद्योगको लाइन काटिएसँगै २३ वटा उद्योग पुगेका छन् ।

शुक्रबार बाबा जुट मिल (पाँच करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ), हिमाल आइरन एन्ड स्टील (आठ करोड १३ लाख रुपैयाँ), जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ), हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ) र एभरेस्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ)को लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), शुभश्री अग्नी सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ), जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ), घराना फुड्स (पाँच करोड नौ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (पाँच करोड २४ लाख रुपैयाँ), बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ) र नारायणी स्पात (७८ करोड ४९ लाख रुपैयाँ)को पनि लाइन काटिएको छ । प्राधिकरणले पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा उद्योग र त्यसपछि ५ गरी ९ वटा उद्योगको लाइन काटिदिएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia