unnamed7

आगामी माघ एक गतेबाट नेपालभर प्रर्दशनमा आउने चलचित्र फन्कोले युट्युब मार्फत चलचित्रको लोकल ब्युटी बोलको गित सार्बजनिक गरेको छ । चलचित्रले शनिबार बिजया दशमीको अबसर पारेर चलचित्र बितरण कंम्पनी एफ डि मा अनौपचारिक कार्यक्रम संगै गित सार्बजनिक गरेको घोषण गरेको हो ।

चलचित्र पत्रकारहरुको सहभागितामा आयोजित गित सार्बजनिक कार्यक्रम्मा निर्माता नरेन्द्र महर्जनले फन्कोलाई नोभेम्बर २४ देखी युरोपका बिभिन्न शहरहरुमा प्रर्दशन गर्ने कार्यक्रम तय भैसकेको जनाउदै चलचित्रको गितलाई अनौपचारिक रुपमा सार्बजनिक गरेको बताउनु भयो । लोकल ब्युटी गितमा राजेन्द्र थापाको शब्द चेतन सापकोटाको संगीत कबिराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको द्घन्द रहेको छ ।

गितमा गायिका ईन्दिर जोशीले स्वर दिनु भएको छ भने गायिका जोशीले नै उक्त गितमा नृत्य गर्नु भएको छ । सुर्बण थापाले निर्देशन गरेको फन्कोमा निर्माता महर्जन संगै गैर आबाशिय नेपाली संघ बेल्जियम निबासी शहदेब गौतम र पदम गुरुङ्गले लगानी गरेका छन । पैसाको पछाडी लाग्ने युवायुबतीको कथा उठान गरेको फन्कोमा सौगात मल्ल,दयाहाङ्ग राई,अनुप बराल,केकी अधिकारी,प्रियका कार्की,केशब भटराई लगाएतका कलाकारहरुले अभिनय गरेका छन । चलचित्रको पोखरा काठमान्डौ हाईवेमा छांयाकन गरीएको हो ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia