कुनै समय यस्तो लागेको थियो कि अब असहिष्णुताको मुद्दा बिस्तारै सेलाउँदै जानेछ । तर, फिल्म स्टार आमिर खानको बयानपपछि अहिले फेरि यो मुद्दा भारतमा बहसको विषय बनेको छ । पश्चिमा जगत्ले आतंकवाद र इस्लाम धर्मलाई एकसाथ जोडेर प्रचार गरिरहेको अवस्थामा आमिरको यो भनाई सार्वजनिक भएको छ । पेरिस र मालीमा भएको चरमपन्थी नरसंहारपछि भारत मात्रै नभएर थुप्रै युरोपेली देशमा पनि मुसलमान र इस्लामको भूमिकालाई लिएर बहस सुरु भएको छ । इस्लामको नाममा इस्लामिक स्टेट, अलकायदा, बोको हराम नामका थुप्रै चरमपन्थी संगठनको उदय र त्यस्ता उग्रवादी संगठनको माध्यमबाट संसारका विभिन्न भागमा भइरहेका नरसंहार र हत्यापछि अहिले भारतका मुसलमानको दिमागमा समेत डरले डेरा जमाएको छ । भारतको इतिहासमा मुसलमानका विभिन्न संस्था तथा समूदाय र एक हजारभन्दा धेरै धार्मिक नेता तथा विद्धानले आईएसको विरुद्धमा उभिएको घोषणा गरेको यो सायद पहिलो अवसर हो । यस घोषणामा भनिएको छ , इस्लाम हरेक प्रकारका हिंसाको विरोधमा छ । जबकी आईएस हिंसाको दोषी हो । यो अभियान थुप्रै महिनापछि पुरै देशमा सञ्चालन गरिएको छ । १५ बुदेँ यो घोषणालाई संयुक्त राष्टसंघका महासचिव वान की मून र संसारका अन्य नेता समक्ष बुझाइएको छ । पत्रमा लेखिएको छ , इस्लाम हरेक प्रकारले जूनसुकै उद्देश्य राख्ने उग्रवादीको विरोधमा छ । यस घोषणामा भारतमा १६ करोड मुसलमान हिंसामा विश्वास राख्दैनन् भन्ने स्पष्ट लेखिएको छ । भारतका मुसलमान यस समय दोहोरो दबाबबाट गुज्र्रिका छन् । एकातर्फ लेबनान, पेरिस र माली जस्ता देशमा घटेका हिंसात्मक घटना र अर्कोतर्फ आईएस, बोको हराम र अल शबाब जस्ता सुन्नी चरमपन्थी संगठनको उदयले धार्मिक क्षेत्रमा ल्याएको निराशा र अर्कोतर्फ देशभित्रकै उग्रवादी हिन्दू कट्टरपन्थीको निशाना । भारतमा हिन्दू विचारधारा राख्ने संगठनहरुले मुसलमानको विरुद्धमा घृणाको एक व्यवस्थित आन्दोलन चलाएका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अक्षयकुमारको राउडी राठौंरः२ नबन्ने, त्यही स्क्रिप्टमा नयाँ फिल्म बन्ने
मुम्बई । अक्षय कुमार लामो समयदेखि आफ्ना पुराना हिट फिल्महरूको सिक्वेल र अन्य भागहरूमा काम गरिरहेका छन्। यसै बिचमा उनको ‘...
‘राजागंज’ सेन्सरबाट पास, चैत १ गतेबाट प्रदर्शन हुने
काठमाडौँ । आगामी चैत १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘राजागंज’ अन्ततः सेन्सर पास भएको छ । सोमबार सेन्सर बोर्डले ...
काजोलको हरर फिल्म ‘मां’ को पोस्टर सार्वजनिक
बलिउड अभिनेत्री काजोलको हरर फिल्म’मां’को पोस्टर सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गरिएको पोस्टरमा उनी आफ्नो...
शाहरूख खान स्टार होइनन्, भावना हुन्: करण जोहर
शाहरुख खान र करण जोहरको सहकार्य निर्देशक– निर्माताको डेब्यू फिल्म ‘कुछ कुछ होता है’ बाट सुरु भएको थियो। फिल्मले भारतमा म...
महाकुम्भमा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने
भारतको प्रयागराज महाकुम्भ मेलामा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने भएकी छिन्। मौलापुरमा फाल्गुन ११ गतेदेखि हुन...
नेपालभर ‘एक्टर: टेक वन’ को प्रदर्शन स्थगित
आइतबारदेखि नेपालभर फिल्म ‘एक्टर: टेक वन’ को प्रदर्शन स्थगित गरिएको छ। फिल्मका निर्माताले एक वक्तव्य जारी गर्...









