पुष २।शुक्रबार देखी व्रल्ड वाईड रिलिज हुने शाहरुख खान स्टार फिल्म ‘दिलवाले’लाई नेपालको चर्चित बितरक कम्पनी दर्शना आर्टसले अहिले सम्मकै सर्बाधिक बढी रकममा नेपाल प्रदर्शन अधिकार किनेको छ । बिषेश गरी हिन्दी फिल्म बितरणमा सक्रिय रहेको दर्शनाले शाहरुख खानको यस फिल्मलाई बिषेश फिल्मका रुपमा लिएको छ ।सुरुमा हिन्दी फिल्म मात्रै बितरण गर्दै आएको दर्शनाले केहि समय अघि देखि नेपाली फिल्म समेत बिरण गर्दै आएको छ । विश्बमा नै बहुप्रतिक्षित मानिएको शाहरुखको ‘दिलवाले’लाई हाई बजेटमा किनेर पनि नाफा कमाउनेमा बितरक कम्पनी ढुक्क छ । शाहरुखकै कारण महङगो मुल्यमा फिल्म किनेको दर्शनकाका प्रबन्ध निर्देशक गोबिन्द सापकोटाले बताए । उनका अनुसार बलिउड स्टार शाहरुखले ‘दिलवाले’ र ‘नेपाल प्रदर्शन’का बारे आज साँझ सम्ममा सामाजिक संजाल ट्विटर बाट सम्बोधन गर्ने कार्यक्रम रहेको पनि जानकारी गराए । जसका लागि दर्शना आर्टसका प्रमुख दिपक अधिकारी शाहरुखलाई भेट्ने तयारीमा बम्बईमा छन् । रेड चिल्लीजको ब्यानरमा रोहित शेट्टी निर्देशित यस फिल्ममा शाहरुखका साथमा काजोल,बरुण धावन र कृति सनन मुख्य भुमिकामा छन् । ‘दिल वाले’ संग कुनै पनि नेपाली फिल्मको प्रदर्शन मिति तय छैन । यस कारण ‘दिलवाले’ले नेपाल बाट ठुलो रकम कमाउने पक्का छ । फिल्म काठमाण्डौमा २१ पर्दा र बाहिर ९० बन्दा बढी सिनेमा घरमा प्रदर्शनमा आउने भएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अक्षयकुमारको राउडी राठौंरः२ नबन्ने, त्यही स्क्रिप्टमा नयाँ फिल्म बन्ने
मुम्बई । अक्षय कुमार लामो समयदेखि आफ्ना पुराना हिट फिल्महरूको सिक्वेल र अन्य भागहरूमा काम गरिरहेका छन्। यसै बिचमा उनको ‘...
‘राजागंज’ सेन्सरबाट पास, चैत १ गतेबाट प्रदर्शन हुने
काठमाडौँ । आगामी चैत १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘राजागंज’ अन्ततः सेन्सर पास भएको छ । सोमबार सेन्सर बोर्डले ...
काजोलको हरर फिल्म ‘मां’ को पोस्टर सार्वजनिक
बलिउड अभिनेत्री काजोलको हरर फिल्म’मां’को पोस्टर सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गरिएको पोस्टरमा उनी आफ्नो...
शाहरूख खान स्टार होइनन्, भावना हुन्: करण जोहर
शाहरुख खान र करण जोहरको सहकार्य निर्देशक– निर्माताको डेब्यू फिल्म ‘कुछ कुछ होता है’ बाट सुरु भएको थियो। फिल्मले भारतमा म...
महाकुम्भमा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने
भारतको प्रयागराज महाकुम्भ मेलामा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने भएकी छिन्। मौलापुरमा फाल्गुन ११ गतेदेखि हुन...
नेपालभर ‘एक्टर: टेक वन’ को प्रदर्शन स्थगित
आइतबारदेखि नेपालभर फिल्म ‘एक्टर: टेक वन’ को प्रदर्शन स्थगित गरिएको छ। फिल्मका निर्माताले एक वक्तव्य जारी गर्...










