इटहरी ।अभिनेता पल शाह फिचर्ड म्युजिक भिडियो ‘तिमीसँगै हुँदा’ सार्वजनिक भएको छ ।निशा शर्मा अर्यालको शब्द रचनामा तयार पारिएको गीत युट्युवमा सार्वजनिक भएको हो ।
भिडियोलाई नृत्य निर्देशक समेत रहेका दिनेश पाख्रिनले निर्देशन गरेका हुन । जनक कार्की नृत्य निर्देशक रहेको गीतमा पलसँगै कला राई समेत फिचर्ड छिन् ।
रोमान्टिक गीतमा सन्तोष श्रेष्ठको संगीत र प्रकाश मिश्रको मिक्सिङ छ । निशा शर्मा अर्यालको शब्दलाई राजु कार्कीले एरेन्ज गरेका हुन । गीतमा प्रताप दास र अस्मिता अधिकारीको स्वर छ ।








