बिराटनगर । हिन्दु नेपालीहरूको महान पर्व दसैँको अवसर पारेर फिल्म ‘चारदाम’को पोस्टर सार्वजनिक गरिएको छ। तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको चारदामको ४ पोस्टर निर्माण युनिटले सार्वजनिक गरेको हो।सार्वजनिक पोस्टरहरुमा फिल्मका प्रमुख कलाकारहरुलाई अटाइएको छ। मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको चारदाम फिल्म कोशी भिजनको ब्यानरमा निर्माण गरिएको हो।

यो फिल्मको यतिबेला पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको फिल्मका लेखक तथा निर्देशक लाखमान योन्जन तामाङले जानकारी गराए। उनका अनुसार चाँडै इटहरीको इलाइट सिनेमा हलमा विशेष प्रदर्शनी गरिने तयारी भैरहेको छ।

आउँदो तिहार अगाडि नै ट्रेलर र एक गीत सार्वजनिक गर्न लागेको फिल्म युनिटले ‘चारदाम’को सम्पूर्ण डिजिटल राइट्स ओएसआर डिजिटललाई बिक्री गरेको छ। यो फिल्मलाई आगामी मङ्सिरको पहिलो साता देशव्यापी प्रदर्शन गर्ने निर्माण युनिटको योजना रहेको छ।

भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्ममा ३ वटा गीत समावेश छ। फिल्म चारदाममा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, शान्ती पाख्रीन, मदन राई, पूर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, कुमारी लिम्बू, सुम्निमा तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ।

चारदाममा दिपक लिम्बू र मुना ठटालले गीत गाएका छन् भने प्रेम कृष्ण बजगाईंले संगीत गरेको गीतमा बजगाई र निर्देशक लाखमानको शब्द समावेश गरिएको छ। गीतहरुमा एरेन्ज राजु कार्की र जोनी तामाङले गरेका छन्। चारदाम फिल्ममा सुमन तामाङको छायांकन तथा हेमन तामाङको सम्पादन रहेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia