अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति तोकिएको छ।सोही फिल्ममार्फत नेपाली फिल्ममा डेब्यु गरेका दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दमको जन्मदिन पारेर फिल्मको रिलिज डेट घोषणा गरिएको हो।यो फिल्म आगामी दसैँको अवसर पारेर असोज ११ गते रिलिज हुनेछ।
चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा अभिनेत्री नीतासँगै अभिनेता हरिहर अधिकारीको पनि लगानी छ। फिल्ममा नीता र हरिहरसहित विपना थापा, सरोज खनाल, गरिमा शर्मा, रवीन्द्र झा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ लगायतले अभिनय गरेका छन्।
त्यसैगरी फिल्ममा ब्रह्मानन्दमलगायत भारतीय कलाकारले अभिनय गरेका छन्।भारतीय अभिनेता ब्रह्मानन्दमसहित अली, सुनिल बर्मा, प्रदीपराज रावत लगायतको चलचित्रमा अभिनय गरेका छन्।यस फिल्मलाई भारतीय सिनेम्याटोग्राफर कविरलालले खिचेका हुन्।
फिल्मको छायांकन दुई चरणमा भएको छ।पहिलो चरणको छायांकन भारतमा र दोस्रो चरणको नवलपरासी, चितवनमा गरिएको थियो।