बलिउड अभिनेता विक्की कौशलको आगामी फिल्म ‘छावा’ विवादमा परेको छ। हालै यस फिल्मको ट्रेलर सार्वजनिक भएको थियो। जसमा छत्रपति संभाजी महाराजको भूमिकामा देखिएका विक्की कौशल नाचिरहेको गरिरहेको देखाइएको छ। यसमा पूर्व राज्यसभा सांसद संभाजी राजे छत्रपतिले विरोध जनाएका छन्। उनले यस फिल्मलाई रिलिज हुन नदिने चेतावनी समेत दिएका थिए।

उनले छत्रपति संभाजी महाराजलाई म्यूजिकल इन्स्टुमेन्ट बजाएको देखाउनु ठिक तर नाचिरहेको देखाउनु गलत भएको बताएका छन्।यसबीच फिल्मका निर्देशक लक्ष्मण उतेकरले राज ठाकरेसँग भेटेर फिल्मको विवादित सिन हटाउने बताएका छन्। लक्ष्मण उतेकर निर्देशित फिल्म ‘छावा’ मा विक्की कौशल, रश्मिका मन्दना, अक्षय खन्नाको मुख्य भूमिका छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia