- प्रमोद यादव

ईनरूवा- सुनसरीको ईनरूवा नगरपालिका-९ बविया स्थित प्रसिद्ध भगवती मन्दिर परिसरमा सोमबार फुटबल खेलाडीहरूले सरसफाइ अभियान सम्पन्न गरेका छन्। दशैं पर्व २०८२ का अवसरमा आयोजना गरिएको यस अभियानले धार्मिक स्थलको सफाइ र फोहोर व्यवस्थापनमा ठूलो महत्व दिएको छ।

बविया फुटबल क्लवका कप्तान अशोक मेहताको नेतृत्वमा भएको यस सरसफाइ कार्यक्रममा स्थानीय खेलाडीहरू राम यादव, सन्तोष अधिकारी, सिया साह, प्रमोद मेहता, दिगम्बर यादव, उत्तम मण्डल, नागेश्वर साह र उपिया उराव लगायतका खेलाडीहरूको सक्रिय सहभागिता रहेको थियो। मन्दिर परिसरमा बढ्दो भक्तजनको भीडले उत्पन्न गर्ने फोहर व्यवस्थापनको चुनौतीलाई सम्बोधन गर्दै यस प्रकारको सरसफाइ कार्यक्रम आयोजना गरिएको मेहताले बताए। उनले भने, “धेरै भक्तजनहरूले मन्दिरको दर्शन गर्न आउँछन्, त्यसैले हामीलाई यहाँको वातावरण सफा र आकर्षक बनाउनुपर्छ।”

सरसफाइ कार्यक्रममा संलग्न स्थानीय खेलाडी राम यादवले यस किसिमको सामूहिक प्रयासले धार्मिक स्थललाई सफा र आकर्षक बनाउने मात्र नभई दर्शनार्थीहरूको स्वास्थ्य र वातावरणको संरक्षणमा पनि मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले थपे, “हामीले फोहोर संकलन गर्दा आफ्नो जिम्मेवारी पनि निर्वाह गरेका छौँ। यही उपायले हामीलाई हाम्रो धार्मिक स्थलको संरक्षणमा सहयोग पुर्याउँछ।”

तपाईको प्रतिक्रिया

trusted online casino malaysia