काठमाडौं — प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणतर्फ पुगेको छ। मतगणनाको पछिल्लो तथ्यांकले नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्पष्ट वर्चस्व देखाएको छ।

निर्वाचन आयोगका अनुसार हालसम्म कुल ८५ लाख ९३ हजार ४४० मत गणना भइसकेको छ। गणना भएका मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै आधा हिस्सा अर्थात् ४८.३१ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा ठूलो दल बन्ने निश्चितजस्तै देखिएको छ। घण्टी चुनाव चिन्हमा रास्वपाले हालसम्म ४१ लाख ५१ हजार २५७ मत प्राप्त गरेको छ, जुन नेपाली निर्वाचन इतिहासमा समानुपातिकतर्फ कुनै पनि दलले पाएको अत्यन्त ठूलो जनमत मानिएको छ।

परम्परागत शक्ति मानिने नेपाली कांग्रेस र नेकपा (एमाले) को मत परिणाम भने यस पटक उल्लेखनीय रूपमा घटेको देखिएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६.१७ प्रतिशत अर्थात् १३ लाख ८९ हजार ९६६ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको नेकपा (एमाले) ले १३.६६ प्रतिशत मतसहित ११ लाख ७३ हजार ५६१ मत मात्रै प्राप्त गरेको छ।

अन्य दलहरूमध्ये नेपाली कम्युनिस्ट पार्टीले ७.०९ प्रतिशत मतसहित ६ लाख ९ हजार २०८ मत प्राप्त गरेको छ। नयाँ शक्तिको रूपमा उदाएको श्रम संस्कृति पार्टीले ३.५० प्रतिशत अर्थात् ३ लाख १ हजार १२९ मत प्राप्त गर्दै राष्ट्रिय दल बन्न आवश्यक थ्रेसहोल्ड पार गर्ने अवस्थामा पुगेको छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.२८ प्रतिशत मतसहित २ लाख ८२ हजार ५५ मत प्राप्त गर्दै छैटौँ स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia