विश्व बजारमा ‘सलार’को कमाइमा उछाल, तीन दिनमा ४०० करोड भारु
काठमाडौं । अभिनेता प्रभास स्टारर भारतीय फिल्म ‘सलार’ले तीन दिनमै विश्वभर ४०० करोड भारु कमाइ गरेर इतिहास रचेको छ । दुई दिनमा झण्डै ३ सय करोड भारु (२९५.७ करोड भारु) कलेक्सन गरेको यो फिल्मले आइतबार पनि उत्कृष्ट व्यापार गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।शुक्रबार पहिलो दिन विश्वब्यापी १७८.७ करोड भारुको डेब्यु गरेको फिल्मले शनिबार ११७ करोड र आइतबार १०४.३ करोड भारु कमायो । भारतीय फिल्मको ट्रयाकर एजे...












