काठमाडौं । अभिनेता प्रभास स्टारर भारतीय फिल्म ‘सलार’ले तीन दिनमै विश्वभर ४०० करोड भारु कमाइ गरेर इतिहास रचेको छ । दुई दिनमा झण्डै ३ सय करोड भारु (२९५.७ करोड भारु) कलेक्सन गरेको यो फिल्मले आइतबार पनि उत्कृष्ट व्यापार गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।शुक्रबार पहिलो दिन विश्वब्यापी १७८.७ करोड भारुको डेब्यु गरेको फिल्मले शनिबार ११७ करोड र आइतबार १०४.३ करोड भारु कमायो । भारतीय फिल्मको ट्रयाकर एजेन्सी स्याकनिल्कका अनुसार यो फिल्मले तीन दिनमा हिन्दी संस्करणमा भने ६१ करोड कमायो । तीन दिनमा भारतको कलेक्सन २०८ करोड भारु छ ।

‘सलार’ले शुक्रबार भारतमा ९०.७ करोड भारु, शनिबार ५६.३५ करोड र आइतबार ६१ करोड भारु कमायो । अर्कोतर्फ शाहरुख खानको फिल्म ‘डंकी’ले चौथो दिन भारतमा ३१ करोड ५० लाख भारुको व्यापार गरेको छ । यससँगै भारतको कूल कलेक्सन १०६ करोड ४३ लाख भारु छ ।‘डंकी’ले बिहीवार भारतमा २९.२ करोड भारु, शुक्रबार २०.१२ करोड भारु, शनिबार २५.६१ करोड भारु र आइतबार ३१.५० लाख भारु कमायो । ‘डंकी’, ‘सलार’ भन्दा एकदिनअघि रिलिज भएको थियो ।

फिल्मले ‘क्रिसमस’मा राम्रो व्यापार गर्ने अपेक्षा व्यापार विज्ञले गरेका छन् । फिल्मले ‘वर्ड अफ माउथ’ पब्लिसिटीबाट निकै फाइदा उठाइरहेको छ । आइतबार फिल्मको हिन्दी संस्करणको अकुपेन्सी ४९.६७ प्रतिशत थियो । ‘डंकी’ले तीन दिनमा विश्वब्यापी १५७.२२ करोड भारु कमाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia