trusted online casino malaysia
trusted online casino malaysia
- दिलिप कुमार साह

राजविराज । मैथिली साहित्य परिषदद्वारा राजविराज नगरपालिका वडा नम्बर २ मा आयोजित विद्यापति पर्वको अवसरमा विभिन्न स्रष्टाहरु सम्मानित भएका छन् । उक्त कार्यक्रममा मधेशी आयोगका अध्यक्ष बिजय दत्तले मनथली भाषा र संस्कृत, कला, साहित्यलाई जीवन्त राखे मात्र समाजको विकास हुने बताए । दत्तले मैथिली भाषा जीवन्त भाषा भएकोले भाषाको विकास गर्न सबै एकजुट भएर अगाडि पढ्नुपर्नेमा जोड दिए । उनले भने कामकाजको भाषाको रूपमा प्रयोग हुन सकेको छैन्, मैथिली अभियानमा लाग्नुपर्नेमा जोड दिए ।


मैथिली भाषाको विकास र उजागार गर्न सबै एकजुट हुनुपर्नेमा मैथिल महिला परिषद संस्थापक अध्यक्ष मिना ठाकुरले जोड दिइनँ । ठाकुरले भने मैथिली भाषालाई प्रथम भाषा र सरकारी कामकाज भाषाको रूपमा स्थापित गर्न सबै एकजुट हुनुपर्छ । भाषामा दुई वटा नीतिलाई अन्त गरी मातृभाषालाई मधेश प्रदेशमा लागू गरी प्रथम भाषाको रूपमा विकास गर्नुपर्नेमा ठाकुरले जोड दिइनँ । सो अवसरमा शोभा देव स्मृति पत्रकारिता पुरस्कारबाट सप्तरीका पहिलो महिला शिक्षिका बच्ची मिश्र सम्मानित भएका छन् । त्यस्तै लक्ष्मी (विवेक मैथिल पत्रकारिता पुरस्कारबाट सिरहाका पत्रकार अजय साह सिँवाली सम्मानित भएका छन् ।यसैगरी बिजयेन्द्र बिनोद कला पुरस्कारबाट देवेन्द्र सोनी सम्मानित भएका छन् । शिबदत स्मृति मैथिली पुरस्कारबाट सिरहावासी शास्त्रीय गायक गुरुदेव कामैतलाई दोसाला आढोएर नगद पुरस्कार ११ हजार ५ सय वाट सम्मानित भएका छन् ।उक्त अवसरमा गायक गुरूदेव कामैतले आफ्नो भाषालाई आफै संरक्षण गर्नुमा जोड दिए । उनले मैथिली भाषाको गीतमा लगानी नहुदाँ मैथिल गीत र संस्कृतको विकास नभएको प्रति चिन्ता व्यक्त गरेका छन् ।मैथिल भाषा र संस्कृतलाई उजागर गरी प्रचार प्रसार गर्नुपर्नेमा जोड दिए । पूर्व अध्यक्ष बिवेकान्द मिश्रले मधेश प्रदेश सरकारको दुई तिहाइबाट सरकार बनेमा मैथिली भाषाको विकास हुने विश्वास व्यक्त गरे ।मैथिली साहित्य परिषदका अध्यक्ष सतिश कुमार दत्तको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेशी आयोग सदस्य आभासेतु सिँह, मैथिली साहित्य परिषद उपाध्यक्ष श्यामसुन्दर यादब, पूर्व अध्यक्ष बिवेकान्द मिश्रा लगायतले श्रद्धाञ्जली मन्तन्य दिएका थिए भने कार्यक्रम संचालन भुपेश भुपले गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia