रौतहट। मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले रौतहटको चन्द्रपुरमा सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन्। चन्द्रपुर नगरपालिकामा सञ्चालित हाइवे ट्रमा हस्पिटल एन्ड रिसर्च सेन्टर, सिभिल हयुमनहोस्पिटल एन्ड रसर्चसेन्टर,पब्लिकलाईफ केयर पोलिक्लिनिक, हिमालयन पोलिक्लिनिक चन्द्रपुर प्रालि, एपोलो हस्पिटल, चपुर सिटी हस्पिटल, चन्द्रनिगाहपुर अर्थोपेडिक एन्ड जनरल हस्पिटल प्रालि, चन्द्रपुर सामुदायिक हस्पिटल, चन्द्रपुर आँखा तथा दातउपचार केन्द्रलाई मापदण्ड पुरा गरी दर्ता गरेर मात्र सञ्चालन गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएको जनाइएको छ।
अस्पतालहरू दर्ता नहुन्जेल सम्मका लागि भर्ना भएका बिरामीलाई अन्यत्र भर्ना गरेर पैसा तिराउने काम बन्द गर्न निर्देशन दिंदै मुख्यमन्त्री सिंहले लिखित पत्र समेत दिएका छन् । ११ वटा अस्पतालको अनुगमन गर्दा चन्द्रपुर हस्पिटल प्रालिमात्र मापदण्ड र दर्ता गरी सञ्चालनमा रहेको बताइएको छ। दर्ता अनुमतिपत्रबिनै सञ्चालनमा रहेका ती अस्पताल तत्काल बन्द गर्न र निकट भविष्यमा मापदण्ड पूरा गरी सेवा सञ्चालन अनुमति लई मात्र अस्पताल सञ्चालन गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिए । मुख्यमन्त्री सिंहले अनुमति बेड सङ्ख्याको आधारमा १० प्रतिशत इमरजेन्सी बेड र १० प्रतिशत गरिब,दलित, र लक्षित बर्गलाई उपचारमा छुट दिनु पर्ने कानुनी व्यवस्था अनुरूप दिइएको छुट लागु हुनैपर्ने बताए । यसअघि उनले जनकपुर र वीरगन्जसहितका स्थानमा अनुगमनको क्रममा प्रक्रिया नपुर्याई सञ्चालन गरिएको ३ दर्जन भन्दा बढी निजी अस्पताल बन्द गर्न निर्देशन दिएका थिए । रातोपाटीको सहयोगमा








