- धिरेन्द्र नारायण मण्डल

जिल्ला प्रहरी कार्यालय सुनसरीले ७०औँ प्रहरी दिवस २०८२ को अवसरमा आज विशेष रक्तदान कार्यक्रम आयोजना गरेको छ। दिवसको अवसरमा मठमन्दिरलगायतका विभिन्न सार्वजनिक स्थानमा सरसफाई, वृक्षरोपण र रक्तदानजस्ता सामाजिक कार्यक्रम सञ्चालन गर्दै दिवस मनाइएको हो।

प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार, विभिन्न अस्पतालहरूमा रक्त अभावको समस्या समाधान गर्न सहयोग पुर्‍याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्र विराटनगरसँगको सहकार्यमा कार्यक्रम गरिएको हो।

कार्यक्रममा नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीयवासी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सामाजिक उत्तरदायित्वप्रतिको जागरणसहित मनाइएको यस दिवसले समुदाय र सुरक्षाकर्मीबीचको सम्बन्ध अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia