सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोल वस्तीमा सोमबार बिहान बाघ पसेको छ । बाघको आक्रमणबाट स्थानीय गणेश खत्री, कृष्ण विष्ट र रिजाना गोसाई घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान सात बजेतिर बस्तीमा बाघ पसेको थियो । त्यसलगत्तै फत्तेपुरको प्रहरी टोली र कोशीटप्पु वन्यजन्तु आरक्षको टोली वस्तीमा परिचालित भएको थियो ।
उक्त बाघ कोशीटप्पु वन्यजन्तु आरक्षबाट नै बस्तीमा आएको अनुमान छ । उक्त बाघलाई जंगल क्षेत्रमै फर्काउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।








