- देवराज यादव

कोसी र मधेश प्रदेशको सिमाना समेत रहेको कोसी ब्यारेज पुलमा आज सोमबार पुसि पूर्णीमाको मेला लागेको छ।वर्षौदेखि ठुलो मेलाको रुपमा लाग्दै आएको पुसि पूर्णीमाको मेला यस वर्ष पनि धुमधाम साथ लाग्ने र सप्तकोसी किनारमा खानपिन गरी रमाइलो गरिने मेला समितिले जानकारी दिएको छ।

कोसी ब्यारेजको दुवै किनारामा विभिन्न ठाउँहरुबाट आउने भक्तजनहरुको ठूलो मात्रामा भीड लाग्ने मेला समितिले बताएको छ।
उक्त मेलामा नेपालका चार जिल्ला मोरङ, सुनसरी ,सप्तरी, उदयपुर तथा भारतको बिहार राज्यबाट समेत उलेख्य रुपमा भक्तजनहरुको उपस्थिति रहको छ। मोटरगाडीको सहजता बाहेक बैलगाडी समेतमा भक्तजनहरुको उल्लेख्य रुपमा सो मेलामा उपस्थिति रहन्छ।

परापुर्वकाल देखि नै भक्तजनहरु बैलगाडीमा कोसी स्नानकालागि आउने गरेको स्थानियहरु बताउछन्।
पुस शुक्ल पूर्णिमाका दिन बिहानै कोसी नदीमा नुहाएर पापबाट मुक्ति पाउने र मिठोचोखो खाने चलन छ । स्थानीयका अनुसार कोसी नदीलाई कौशिका माताको रुपमा पूजा आजा गर्ने धार्मिक विश्वास रहेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia