माघ २१ इनरुवा/सुनसरीका भोक्राहाका बाढी पीडितहरुकालाई चिन सरकारको सहयोगमा उपलब्ध राहत सामाग्री बितरण गरिएको छ। भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित सुनसरी खोला किनारमा बसोबास गर्दै आएका गरिव, दलित तथा विपन्न परिवारलाई राहत सामाग्री बितरण गरिएको हो ।

गरिबि निवारण तथा सहकारी मन्त्रालयका उपसचिव रमेश अधिकारी, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासयिक अधिकृत सुरेन्द्र भट्टराईका साथै यूएनडिपी प्रदेश नम्वर १ र २ का संयोजक धनबहादुर चन्द, जिल्ला संयोजक रामनारायण साह सहित वडाध्यक्ष हारुन अन्सारी लगायतका पदाधिकारीहरुले सम्वन्धित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।चिन सरकारको सहयोग उपलब्ध सामाग्री नेपाल सरकार र यूएनडिपीको संयोजनमा सुनसरीका बाढी पीडितकालागि बितरण सहितको व्यवस्थापनको जिम्मेवारी सामाजिक न्याय मञ्च इटहरी सुनसरीले गर्दै आएको छ ।

मञ्चका अध्यक्ष डिबिसाह शंकरले सुनसरीका ४ हजार पीडित परिवारलाई राहत वितरण गरिने बताए । हालसम्म इटहरी, दुहवी, रामधुनी, इनरुवाको ३,४ र ९ नम्वर वडा सहित बराह नगरपालिकामा गरी १२ सय परिवारलाई राहत सामाग्री बितरण गरिसकिएको शंकरले बताए । जिल्लाका बाँकी गाउँपालिका सहित अन्य स्थानमा केहिदिन भित्रमा राहत वितरण गरिने कार्यक्रम संयोजक सुकदेव चौधरीले जानकारी दिए ।

बाढी पीडितकालागि उपलब्ध राहत सामाग्रीमा ऊनी पछ्यौरा र कम्बल दुई दुई थान, बाल्टी र मग, आल्मुनियमका ३ थान भाँडा, प्लेट ३ थान, कप २ थान र डाडु पन्यु सहित किटाणु प्रतिरोधी झूल, धुवाँ रहित चुल्हो, फिल्टर र २ महिनाको अवधीलाई पुग्ने स्वच्छता सामाग्रीहरु रहेका छन् । प्रत्येक परिवारलाई उपलब्ध गराइएको राहत सामाग्रीको बजार मूल्य १५ हजार बढी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia