इनरुवा/भुटाहा घटनामा अपरिचित समूहको गोलीलागि स्थानीयको मृत्यु भएपछि सुनसरीसँग सीमा जोडिएका सबै भारतीय नाका शिल गरिएको छ । हत्यारा भारततर्फ फरार भएको सूचनाका आधारमा सीमानाका शिल गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिनुभयो ।
घटनामा भारतीयको संलग्नताको आशंका गरिएपनि यकिन भने हुन नसकेको सुनसरी प्रहरीले जनाएको छ ।भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा सवार समूहले गोली प्रहार गरेको बताइएपनि स्थानीयका अनुसार नम्बर बिनाको अपाचे मोटरसाइकलमा सवार व्यक्तिले मौलाना खुर्शिद अन्सारीमाथि गोली प्रहार गरेका हुन् । टाउको र छातीमा गरी तीन गोली लागेका खुर्शिदको घटनास्थलमै मृत्यु भएको थियो ।








