इनरुवा। हरिनगर गाउँपालिका २ भुटाहामा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीलाई बिहीबार अपरिचित समूहको गोलीलागि मृत्यु भएपछि भुटाहा बजार दिन भर तनावग्रस्त नै रहयो।

मृतकको शव आफन्तलाइ बुझाउन र स्थानियलाई शान्ति सुरक्षाकाे प्रत्याभूति दिन बेलुका बसेको सर्वपक्षिय भेलामा गृहमन्त्री अाउनुपर्ने स्थानीयकाे अडानका कारण सहमती भने बनेन। शव सहित स्थानीय सडकमै रहेको र मागबारे बेवास्ता गरिए बिहानबाट अान्दाेलन चर्काउने चेतावनी दिएकाछन्।

यता मृतकका अाफन्त सहित मुस्लिम अगुवाबीचकाे वार्ता सकारात्मक भएकाे सुनसरीका प्रमुख जिल्ला अधिकारी  प्रेम प्रकाश उप्रेतीकाे भनाइ रहेको छ। सुरक्षाकाे प्रत्याभूतिकाे वातावरण सहित शब बुझ्ने र जायज माग सम्बाेधनकाे वातावरण बनाउने प्रमुख जिल्ला अधिकारी  उप्रेतीले प्रतिवद्धता जनाएका छन। घटनाबारे जानकारीकालागि सुनसरीका प्रमुख जिल्ला अधिकारी उप्रेती सहितको टोलि प्रदेश मन्त्रालय बिराटनगर पुगेका छन।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia