- अमर काफ्ले

Posted by Inaruwa Online on Monday, 7 January 2019

सुनसरी सदरमुकाम इनरुवामा जारी मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका ग्रुप ए का खेलहरु सकिएका छन् ।
ग्रुप ए अन्र्तगत आज सम्पन्न अन्तिम खेलमा प्रदेश नम्वर २ बिजयी भएको छ । प्रदेश २ ले आयोजक शान्तिदीप इनरुवामाथि २ सय ८ रनको फराकिलो जित दर्ता गरेको छ । ३ सय २ रनको बिजयी लक्ष पछ्याएको आयोजक इनरुवा २५ दशमलव २ ओभरमा ९३ रनमा अलआउट हुन पुग्यो । आयोजक इनरुवाका कुनैपनि ब्याट्सम्यान खुलेर क्रिजमा टिक्न सकेनन् । इनरुवाका सरोज बस्नेतले सर्वाधिक १५ रन जोडे । इनरुवाका ४ खेलाडी बोल्डआउट भएका थिए ।

Posted by Inaruwa Online on Monday, 7 January 2019

आयोजकलाई सस्तैमा समेट्न प्रदेश २ का रासिद खान एक्लैले ४ विकेट लिए । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश नम्वर २ ले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय १ रन जोडेको थियो । प्रदेश २ कालागि बिशाल सुसलिङले १ सय ११ रनको शतकीय पारी खेले ।

Posted by Inaruwa Online on Monday, 7 January 2019

खेलको म्यान अफ दी म्याच घोषित सुसलिङले १ सय ८ बलको सामना गर्दै १५ चौका र १ छक्काको मद्दतमा १ सय ११ रन जोडेका थिए । प्रदेश २ कालागि अन्सु कन्दोइले ७७ र हरिशंकर साहले ४४ रन जोडेका थिए । आयोजक इनरुवाका सरोज बस्नेतले विपक्षीका ३ विकेट चटकाए ।लिग चरणका आधारमा खेलाइएको प्रतियोगितामा ग्रुप ए बाट आफ्ना दुवै खेल जित्दै नेपाल पुलिस यसअघिनै सेमिफाइनल प्रवेश गरिसकेको छ । प्रतियोगिता अन्र्तगत भोलि ग्रुप बी को पहिलो खेलमा नेपाल आर्मीले प्रदेश ३ को सामना गर्दै छ ।

Posted by Inaruwa Online on Monday, 7 January 2019

Posted by Inaruwa Online on Monday, 7 January 2019

 

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia