- अमर काफ्ले

Posted by Inaruwa Online on Tuesday, 8 January 2019

मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत ग्रुप द्य को पहिलो खेलमा नेपाल आर्मी बिजयी भएको छ । इनरुवा खेल मैदानमा समपन्न खेलमा आर्मीले प्रदेश नम्वर ३ लाई १ सय १८ रनले पराजित गरेको हो । आर्मीले दिएको २ सय ८९ रनको बिजयी लक्ष पछ्याएको प्रदेश नम्वर तीन ३६ दशमलव २ ओभरमा १ सय ७० रन बनाउँदै अलआउट हुन पुग्यो ।

Posted by Inaruwa Online on Tuesday, 8 January 2019

प्रदेश ३ का इशान पाण्डेले ७५ रनको पारी खेलेपनि टिमलाई जित दिलाउन भने सकेनन् । लामो समय क्रिजमा बिताएका पाण्डेसँग अन्य ब्याट्सम्यानले साझेदारी निभाउन नसक्दा एकपछि अर्को विकेट गुमाएको प्रदेश तीन फराकिलो अन्तरमा पराजित हुन पुग्यो । टिमकालागि आदिल खानले ३२ र जितेन्द्र सिङ ठकुरी र सोनु तामाङले समान १६–१६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् ।
प्रदेश ३ लाई सस्तैमा समेट्दै टिमकालागि सुखद सुरुवात दिलाउन ५ दशमलव २ ओभर वलिङ गरेका आर्मीका सहाब आलम एक्लैले ४ विकेट लिए । एक मेडन ओभर राखेका आलमले विपक्षीको ४ विकेट चटकाउँदा मात्र १४ रन दिए । त्यस्तै बिक्रम सोब र जितेन्द्र मुखियाले २–२ विकेट लिए ।

Posted by Inaruwa Online on Tuesday, 8 January 2019

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो इनिङमा ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो ।आर्मीकालागि रोहित पाण्डेले नट आउट ८० रनको पारी खेले । ४९ बलको सामना गरेका पाण्डेले ६ चौका र ४ छक्का हिर्काए । त्यसैगरी आर्मीका भीम सार्कीले टिमकालागि ७१ रन जोड्दा क्याप्टेन बिनोद भण्डारीले ४८ रनको पारी खेले । प्रदेश ३ का प्रतिस जिसी र जितेन्द्र सिङ ठकुरीले २–२ र सूर्य तामाङले १ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच आर्मी टिमका हाइस्कोरर रोहित पाण्डे घोषित भए । प्रतियोगिता अन्र्तगत भोलिको खेल आर्मी र प्रदेश नम्वर ६ बीच हुने छ ।

तपाईको प्रतिक्रिया