समुद्रभित्र बन्दैछ २०५ किमीको तैरिने अद्भूत सुरुङ
आज हामी तपाईलाई विश्वको सबैभन्दा उत्कृष्ट र अद्भूत सुरुङमार्गको बारेमा बताउँदै छौं जुन समुद्रभित्र तैरिन्छ । नर्वेमा अब यो अद्भूत सुरुङबाट तपाई समुद्रको बाटो हुँदै एउटा शहरबाट अर्को शहरसम्म पुग्न सक्नुहुन्छ । नर्वेले चाँडै नै समुद्रभित्र तैरिने सुरुङको निर्माण गर्दैछ । कंक्रिटबाट बनाइने यो सुरुङमा दुईवटा लेन बनाइनेछ । यो परियोजनामाथि काम गरिरहेको सरकारी संस्था नर्वेजियन पब्लिक रोड्स एडमिनिस्ट्रेशन...












