साझा यातायातको बस टिकट अनलाइनबाटै काट्न सकिने
साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङको सम्झौता भएको छ । सम्झौतासँगै अबदेखि यात्रुले साझा यातायातको टिकट अनलाइनबाटै काट्न सक्नेछन् । अनलाइन टिकटिङ सम्बन्धी सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजिज् प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले हस्ताक्षर गरेका छन् ।
साझाले बससेवासँगक...











