नेपाल टेलिकमले ल्यायो शुभ रात्री प्याकेजको सुविधा
१६ भदाै । नेपाल टेलिकमले Festival Offer को रुपमा GSM Prepaid मोबाइल प्रयोगकर्ताहरुका लागि शुभ रात्री प्याकेज ल्याउने भएको छ । यो अफर राती ११ बजेदेखि विहान ५ बजेसम्म प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले रु ४० महसुल दरको ५०० MB बराबरको Data Volume ७ दिनका लागि र ८५ महसुल दरको १२०० MB बराबरको Data Volume १५ दिनका लागि उपलव्ध हुनेछ ।उक्त अफर आगामी २०७३।०५।१८ देखि १५ दिन (२०७३।...











