चीनमा जारी मिस वर्ल्ड : मिस वर्ल्डले के हुन्छ नेपाललाई ? महिलाको शरीर, अंगप्रत्यंगलाई नै प्राथमिकतामा !
काठमाडौं । मिस नेपाल २०१८ विजेता श्रृङ्खला खतिवडा चीनमा जारी मिस वर्ल्डको ६८ औँ संस्करणमा सहभागी छन्। नेपाली चेली मिस वर्ल्डमा सहभागी भएर १२० प्रतिस्पर्धीमध्ये उत्कृष्ट ३० मा पर्न सफल भएको यो पहिलोपटक हो। उनले उपाधि जित्ने नजित्ने ८ डिसेम्बरमा हुने फाइनलमा तय हुन्छ। तर सामाजिक संजालमा भने मिस वर्ल्ड र श्रृङ्खला खतिवडा निकै चर्चाका विषय बनेका छन्।
इतिहास हेर्ने हो भने वामपन्थी विचारधारा बोक्...












