१ भाद्र । तीन वर्ष पुरानो यमनको गृहयुद्धलाई अन्त्य गर्नका निम्ति संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुले वार्तालाई बिउँझाउने प्रयासका लागि कदम चालिरहँदा त्यहाँ देशैभरी तीब्ररुपमा युद्ध चर्किरहेको छ । कतै साना साना बालबालिकालाई आगामी युद्धका लागि मैदानमा उतार्न प्रशिक्षण दिइरहेको आरोपहरु विद्रोही हाजिबूल्लाहमाथि लागिरहेको छ भने अर्कोतर्फ तिनै अमेरिकाको परोक्ष संलग्नतामा साउदी तथा युएइ गठबन्धनले हाजिबूल्लाहलाई देखाउँदै तिनै बालबालिकामाथि निशाना साँधिरहेको छ । लडाई युद्ध मैदानमा सीमित छ तर त्यसबाट उत्पन्न पीडा असिमित छ त्यहाँ । मानवसंकटको चरम अवस्था उत्पन्न भैरहेको छ ।

समूद्री मार्ग हुँदै अन्तराष्ट्रिय सहयोग आपूर्ती हुने प्रमुख बन्दरगाह हुदेदाहमा साउदी गठबन्धनले भिषण हमलाहरु गरेपछि त त्यहाँको अवस्था अझै विकराल बनेको छ । अब बम र गोली बाहेक त्यहाँका नागरिकका लागि पेट भर्ने कुरा अरु केही बाँकी छैन । यद्यपि श्वास रहुन्जेल आश बचाउनका लागि देशका नागरिकहरुले नकरात्मक परिणाम दिने थाहा हुँदाहुँदै पनि बाँच्नका लागि रुखका पातहरु खान बाध्य भएका छन् ।अब्दु अली नामका एक शिक्षक आफ्ना सन्तानलाई रुखका पात खुवाउनुको पछाडिको आफ्नो बाध्यता सुनाउँछन् । उनी भन्छन्, ‘म व्यक्तिगतरुपमा पात खाँदिन तर मेरो तलब काटिएको छ र अहिले यो नै मेरो बच्चाहरुका लागि खाना बनेको छ । यसले चिलाउँछ तर हामी के गर्न सक्छौं र ?’

एक स्थानीय मोहम्मद हसन भन्छन्, ‘हामी रुखका पात पकाउँछौं । हामीसँग केही छैन, पोषक तत्व छैन । हामी मर्दैछौं । हाम्रो कोही छैन तर, भगवान् छन् ।’ गाउँ नजिकको अस्पतालमा अहिले पात खाएर चिलाएपछि उपचार गर्न आउनेको भीड पनि प्रशस्तै छ । अहिले यो युद्धमा हतियार बमवर्षा भन्दा पनि कुपोषण सबैभन्दा ठूलो र सुस्त गतिको मृत्युको कारण बनिरहेको छ । साझापोष्टको सहयोगमा

तपाईको प्रतिक्रिया

trusted online casino malaysia