दर्ता नभएका कन्सलटेन्सीमाथि पुनः कारबाहीको तयारी
काठमाडौं । सरकारले शैक्षिक परामर्श संस्था सञ्चालनका लागि एक लाख धरौटी राख्नुपर्ने नियम बनाएपछि परामर्श प्रदान गर्ने संस्थाहरु व्यवस्थित हुने भएका छन् । सरकारले पारित गरेको शिक्षा नियमावलीले कम्तीमा एक लाख रुपैयाँ धरौटी राख्नु पर्ने उल्लेख गरिएको शिक्षा मन्त्रालय शैक्षिक परामर्श प्रमाणिकरण शाखाले जनाएको छ ।
परामर्श संस्थालाई व्यवस्थित गर्नका लागि धरौटी आवश्यक देखिएको भन्दै यसअघि सरकारले २ लाख घ...












