स्तन क्यान्सरको सङ्केत कस्तो हुन्छ भनेर देखाउन एक महिलाले आफ्नो स्तनको फोटो सेयर गरिन्
एजेन्सी।एक अष्ट्रेलियन महिलाले विश्वभरिका महिलाहरूलाई स्तन क्यान्सरको सूक्ष्म लक्षणको बारेमा सावधान गराउनका लागि आफ्नो स्तनको तस्विर खिचेर अनलाइनमा सेयर गरेकी छिन्।
मेलबर्न अष्ट्रेलियाकी ‘काइली आर्मस्ट्रङ्ग’ले फेसबुकका साथीहरूलाई आफ्नो फेसबुक पोस्ट सेयर गरिदिन आग्रह गरेकी छिन्, ताकि सबै महिलाहरू यो रोगबाट सचेत होस्।तस्विरमा उनको बायाँ स्तनको तलपट्टि ३ वटा साना डिम्पलहरू देख्न सकिन्छ, जुन स्तन क...












