प्रदेश १ मा थप ३८ जनामा कोरोना संक्रमणको पुष्टि
शुक्रबार प्रदेश १ मा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार ३४ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ ।
मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा ५–५ जनामा कोरोना पोजेटिभ देखिएको हो । झापाको मेचीनगरमा १४ जना पुरुष, हल्दिबारीमा ३ पुरुष, अर्जुनधारामा ६ पुरुष र २ महिला, व...











