आज सबै भन्दा बढी कोरोना संक्रमित थपिए, ७ हजार नाघ्यो
नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिंगमा ५ सय ८६ जना थप संक्रमितको पुष्टी भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ। थप संक्रमित संगै नेपालमा संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ।
पछिल्लो २४ घण्टामा ९ जना पुरुष कोरोना मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालस...












