जुत्ता सिलाउने नथुनिया मोचीको हातबाट जुस पिउँदै केसीले अनशन तोडे
२९ पौष, काठमाडौं। सोमबारदेखि अनशनरत डा गोविन्द केसीले त्रिवि शिक्षण अस्पताल अघि जुत्ता सिउँदै आएका सिरहाका नथुनिया मोचीको हातबाट जुस पिएर अनशन तोडेका छन् । शुक्रबार राति सरकारसँग पाँचबुँदे सहमति गरेपछि उनी अनसन तोड्न सहमत भएका हुन् । शुक्रबार राति ८ बजेदेखि सुरु भई करिब २ घन्टासम्म चलेको वार्ता ५ बुँदे सहमति भएको थियो । पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोग एक साताभित्रमा गठन गर्ने, सर्वोच्च...











