कञ्चनपुरमा १४ वर्षीया बालिकाले जन्माइन् शिशु
धनगढी । कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन् । बेलौरी नगरपालिका–८ को कलकत्तामा ३ माघमा बालिकाले शिशु(छोरा) जन्माएको घटना सार्वजनिक भएको छ ।बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बालिकाले शिशुलाई जन्म दिएको कुरा ढिलोगरी मात्र बाहिर आएको बताए ।‘बालिकाको गर्भमा शिशु महिनाको हुँदा नै परिवारले थाहा पाइसकेको रहेछ तर शिशु जन्मिएपछि पनि आमाबुवाले घटना लुकाउन छोरीलाई दैनिक जसो स्कुल पठाउने ...