एक वर्षमा २ हजार भन्दा बढी बालबालिका बेपत्ता

एक वर्षमा २ हजार भन्दा बढी बालबालिका बेपत्ता
काठमाडौं / मुलुकभरबाट एक वर्षमा २ हजार ३ सयभन्दा बढी बालबालिका बेपत्ता भएको प्रतिवेदन सार्वजनिक भएको छ । बालबालिका खोजतलास समन्वय केन्द्रमा उपत्यकालगायत सातै प्रदेशबाट संकलित तथ्यांकले यस्तो अवस्था देखाएको हो । केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले चालू आवमा उपत्यकालगायत सातै प्रदेशमा २ हजार ३ सय ३० बालबालिका हराएको सूचना संकलन भएको बताउनुभयो । हराइरहेकामध्ये बालिका धेरै रहेको केन्द्रको तथ्...

सेलमा किनेको औंठीले यसरी बनायो करोडपति

सेलमा किनेको औंठीले यसरी बनायो करोडपति
३० वर्षअगाडि एक महिलाले एउटा औंठी किनेकी थिइन् । त्यति बेला कुनै दिन त्यही औंठीले नै उनी करोडपति बन्नेछिन् भन्ने उनलाई थाहा थिएन । वास्तवमा डेब्रा नामकी ती महिलाले एक सेलबाट १० पाउन्डमा उक्त औंठी किनेकी थिइन् । काँचको औंठी ठानेर उनले १५ वर्षेदेखि लगाएकी पनि थिइनन् तर आवश्यक परेर जब उनी त्यसलाई बेच्न गइन्, त्यतिबेला थाहा भयो , त्यो २६ दशमलव २७ क्यारेट हिराको औंठी रहेछ । लिलाममा त्यसको मूल्य ६ लाख ५...

सेनामा डेढ अर्बको चलखेल, तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्री मुछिए

सेनामा डेढ अर्बको चलखेल, तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्री मुछिए
काठमाडौँ / नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) खरिद प्रक्रिया विवादित बनेको छ । अढाई अर्बमा पाइने प्लान्ट किन्न सेनाले केही ठेकेदार कम्पनीसँगको मिलेमतोमा चार अर्ब खर्चिने निर्णय गरेको हो । राज्यलाई झण्डै डेढ अर्ब रूपैयाँ भार पर्ने गरी तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्लान्ट खरिद निर्णय टुंग्याएको स्रोतले बतायो । जानकारहरूका अनुसार उक्त प्लान्ट अढाईदेखि तीन अर्...

धरान पर्यटन विकासमा छुट्याएको ६३ लाखले मासुभात र रक्सी

धरान पर्यटन विकासमा छुट्याएको ६३ लाखले मासुभात र रक्सी
धरान / धरान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएका छन् । धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनु पर्ने बजेट जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा दुरुपयोग गरेका हुन् । उनीहरुले ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ मदिरा र मासुभात शीर्षकमा स्वाहा पारेका छन् । उपमहानगरपालिकाले उक्त बजेटबाट पर्यटक प्रवद्धनको कुनै प...

अब वन्यजन्तु पाल्न, बेच्न पाइने

अब वन्यजन्तु पाल्न, बेच्न पाइने
काठमाडौँ / सरकारले वन्यजन्तुको पालन, प्रजनन, मांसाहार, बेचबिखन र विदेश निकासीसमेत गर्न सकिने नीति ल्याएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन् । यसका लागि सामुदायिक, सहकारी र निजी क्षेत्रलाई प्रोत्साहन गरिने मन्त्रिपरिषद्ले गत साता स्वीकृत गरेको वन नीति २०७५ मा उल्लेख छ । नीति वन तथा वातावरण मन्त्रालयले बनाएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को...

होमस्टे बन्दै पूर्व प्रधानमन्त्रीले रात विताएको छाप्रो

होमस्टे बन्दै पूर्व प्रधानमन्त्रीले रात विताएको छाप्रो
काठमाडौं । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा रात बिताएको मकवानपुरको मनहरी–४, ट्वांग्रास्थित बनकरियाको छाप्रोलाई होमस्टेमा रुपान्तरण गरिने भएको छ । मनहरी गाउँपालिकाले यसका लागि तयारी थालेको हो । ‘जनताको घरमा प्रधानमन्त्री’ कार्यक्रमअन्तर्गत् तत्कालीन प्रधानमन्त्री डा। भट्टराई सानो सोमलाल बनकरियाको छाप्रोमा एक रात बस्नुभएको थियो । भट्टराई प्रधानमन्त्री हुँदा २०६९ माघ २६ गते तत्कालीन हाँडीखोला ...

गौशालाका गाई मृत्यु प्रकरणः २२ सय गाई मरेको छैन, पैसाको लोभले संख्या बढाइयो

गौशालाका गाई मृत्यु प्रकरणः २२ सय गाई मरेको छैन, पैसाको लोभले संख्या बढाइयो
कैलाली / घोडाघोडी नगरपालिका गौशालामा मरेका गाईको संख्या गैरसरकारी संस्थाले बढाईचढाई सार्वजनिक गरेको खुलासा भएको छ । २२ सयको संख्यामा गाई मरेको भन्दै गैरसरकारी संस्थाले प्रचारप्रसार गरेका थिए । ‘तीनवटै गौशालामा गरी ७० भन्दा बढी गाई मरेका छैनन्,’ घोडाघोडी नगरपालिका–१० का धीरेन्द्र कठायतले भने, ‘बजेट तान्न केही एनजिओले ठूलो संख्यामा गाई मरेको अफवाह फैलाएका हुन् ।’ गाउँका केही समूहले छाडा चौपाया पा...

भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव

भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव
वीरगञ्ज / सीमावर्ती भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव आइतबार फेला परेको छ । रक्सौल–सुगौली रेल्वे खण्डको कनना रेल्वे ढाला नजिकै फेला परेको शवमध्ये एक जनाको साथमा रहेको परिचयपत्रअनुसार उनी वीरगञ्ज पब्लिक सेकेन्डरी स्कुल कक्षा ११ मा अध्ययनरत पर्सा कालिकामाई–२ भेडिहारीकी निभा कुमारी हुन् । अर्की छात्राको पकेटमा किरण लेखिएको पर्चा फेला परेको छ । घटनास्थल नजिकका स्थानीयका अनुसार बिहान दु...

मौमस पूर्वानुमानः आजदेखि केही दिन सबैतिर घमाइला हुने

मौमस पूर्वानुमानः आजदेखि केही दिन सबैतिर घमाइला हुने
काठमाडौँ / जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि देशैभर मौसममा सुधार आउने जनाएको छ । ‘पश्चिमी वायुको प्रभाव घटेको छ,’ महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘आइतबारपछिका केही दिन सबैतिर घमाइला हुनेछन् ।’ पश्चिम र मध्य भागमा शनिबार दिउँसोदेखि सुधार आएपनि पूर्वी भागमा साँझसम्मै पानी परेको थियो । यस पटकको मौसमी प्रणाली पहिलेभन्दा बलियो भएकाले सबैतिर वर्षा र हिमपात भएको विज्ञको भनाई छ । मह...

संघमै बस्ने २ हजार शाखा अधिकृतको कार्यविभाजन टुंगो लाग्न बाँकी

संघमै बस्ने २ हजार शाखा अधिकृतको कार्यविभाजन टुंगो लाग्न बाँकी
काठमाडौं / कर्मचारी समायोजन प्रक्रियामा सहभागी प्रशासन सेवाका ४ सय ५६ शाखा अधिकृतले प्रदेश र स्थानीय तह रोजेका छन् । जसमध्ये ३ सय ५० जना शाखा अधिकृतले प्रदेश राजेका छन् । भने स्थानीय तह रोज्नेको संख्या १ सय ६ रहेको छ । कुल २ हजार ८ सय ८९ शाखा अधिकृतमध्ये बाँकी रहेका ४ सय ३३ जनाले संघ रोजेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अझै २ हजार शाखा अधिकृतको कार्यविभाजनको टुंगो लाग्न ब...
trusted online casino malaysia