२ महिनापछि ‘स्मार्ट लाइसेन्स’ वितरण बन्द हुने अवस्थामा

२ महिनापछि ‘स्मार्ट लाइसेन्स’ वितरण बन्द हुने अवस्थामा
काठमाडौँ / सरकारले वैकल्पिक व्यवस्था नगरे ६० दिनपछि विद्युतीय सवारीचालक अनुमतिपत्र ‘स्मार्ट लाइसेन्स’को स्टक समाप्त हुने भएको छ । अहिले विभाग र मातहतका कार्यालयमा प्रिन्ट गरेर वितरण गर्न बाँकी स्मार्ट लाइसेन्सको संख्या करिव ३ लाख रहेको छ । विभागसँग रहेका ७ वटा प्र्रिन्टरले दैनिक ६ हजार ५ सय लाइसेन्स प्रिन्ट गर्न सक्छ । सो अनुसार बाँकी लाइसेन्स प्रिन्ट गरेर वितरण गर्दा ४६ दिनमा सकिन्छ । अहिले सव...

देशभरका सरकारी चिकित्सकलाई काठमाडौं आउन आह्वान

देशभरका सरकारी चिकित्सकलाई काठमाडौं आउन आह्वान
काठमाडौं । देशभरका सरकारी चिकित्सकलाई काठमाडौं डाकिएको छ । सरकारी चिकित्सक संघले विगतमा सरकारसँग गरिएको सहमतिविपरीत समायोजन गर्न थालेको भन्दै त्यसको विरोधमा काठमाडौं आउन आह्वान गरेको हो । देशभर १ हजार ४ सय चिकित्सक सरकारी सेवामा कार्यरत छन् । समायोजनको सन्दर्भमा भएको सहमति कार्यान्वयनमा सरकारले कुनै चासो नदिएको भन्दै संघले दबाबका लागि केन्द्रमा भेला हुन आह्वान गरेको हो । संघ र स्वास्थ्य मन्त्रा...

मौसम पूर्वानुमानः तीनदिनसम्म देशभर वर्षा, कुन दिन कस्तो मौसम ?

मौसम पूर्वानुमानः तीनदिनसम्म देशभर वर्षा, कुन दिन कस्तो मौसम ?
काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि तीन दिनसम्म काठमाडौँसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेको छ । पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिवारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान गरिएको हो ।‘मंगलबार दिउँसोदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश गर्यो,’ मौसमविद् सुवास रिमालले भने, ‘हिँउदमा कहिले कम र कहिले प्रभावशाली भए...

जब सञ्चार मन्त्रीकै मोबाइलको लाइन काटियो

जब सञ्चार मन्त्रीकै मोबाइलको लाइन काटियो
नेपाल दूरसञ्चारबाट लिइएको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको मोबाइल कनेक्सन टेलिकमको वार्षिकोत्सवकै दिन काटिएको छ । टेलिकम कम्पनीमा रुपान्तरण भएको १५ वर्ष पुगेको अवसरमा माघ २२ गते वार्षिकोत्सव समारोहको आयोजना गरिएको थियो । कार्यक्रम ११ बजे शुरु हुने र मन्त्री पनि सोही समयमा आउने भनिए पनि करिब ४५ मिनेटपछि मात्र आइपुगेका थिए । शुभकामना मन्तव्य दिने क्रममा उनले भने, ‘बिरामी भएका कार...

निर्मलाका हत्याराको खुल्नै लाग्यो नालिबेली, कसुरदारको स्केच तयार

निर्मलाका हत्याराको खुल्नै लाग्यो नालिबेली, कसुरदारको स्केच तयार
निर्मलालाई बलात्कार र हत्या गर्ने व्यक्तिको पहिचान भइवरी हत्यारा हो भन्ने अभियोग पुष्टि गर्नका लागि आवश्यक प्रमाण संकलन, सम्बन्धित व्यक्तिहरुको बयानका काम धमाधम चलिरहेको छ । केन्द्रीय प्रहरीले उपत्यका अपराध महाशाखाबाट एसपी मनोहरप्रसाद भट्ट, डिएसपी रुगमबहादुर कुँवर र सई गजेन्द्रबहादुर रावल अनि सिआईबी, मेट्रो र विशेष ब्युरोका झण्डै दुई दर्जन अफिसरसहितको टोलीलाई डेढ महिनाअघि निर्णायक अनुसन्धानमा कञ्च...

‘राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रो चिप्लिएझैँ अध्यक्ष दाहालको शब्द चिप्लिएको’: प्रधानमन्त्री

‘राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रो चिप्लिएझैँ अध्यक्ष दाहालको शब्द चिप्लिएको’: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी राजदूतलाई त्यसबाट नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने र पर्न नहुने सम्झाएका छन् । भेनेजुएला प्रकरणबारे दाहालको वक्तव्यप्रति असन्तुष्ट अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई सोमबार भेट दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रो चिप्लिएजस्तै रूपमा लिन ...

प्रश्नको ओइरोले गृहमन्त्री अलमलमा

प्रश्नको ओइरोले गृहमन्त्री अलमलमा
काठमाडौँ / बुधबारको प्रतिनिधिसभाको बैठकको शुरुमा नै सांसदका निरन्तर प्रश्नले गृहमन्त्री रामबहादुर थापा अलमलमा पर्नुभयो । मन्त्रीले ल्याएको जानकारी र तथ्यांकभन्दा पनि सांसदहरुले अन्य जानकारी मागेपछि मन्त्री अलमलमा परेर के जवाफ दिने भन्नेमा अलमलमा पर्नुभएको थियो । सांसदहरुले आफ्नै स्थानबाट प्रश्न गरेका थिए । सांसदको प्रश्न सकिएपछि जवाफ दिन गृहमन्त्रीले अटेर गरेझैँ गरे पनि जवाफ दिन वाध्य हुनुपरेको...

करिब १९ हजार सरकारी कर्मचारीलाई कारबाही सिफारिस

करिब १९ हजार सरकारी कर्मचारीलाई कारबाही सिफारिस
काठमाडौं / राष्ट्रिय सतर्कता केन्द्रले १९ हजार १ सय ३४ जना सार्वजनिक पदधारी तथा कर्मचारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको छ । उनीहरुले अघिल्लो वर्ष तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएको नामसहितको विवरण अख्तियार पठाएको केन्द्रले जनाएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐनमा सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी र कर्मचारीलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने व्...

इयरफोन प्रयोग गर्दा बहिरोपनाको जोखिम

इयरफोन प्रयोग गर्दा बहिरोपनाको जोखिम
काठमाडौं / विश्व स्वास्थ्य संगठनका अनुसार इयरफोनबाट ध्वनीको ७० प्रतिशत सुनिन्छ भने त्यसले ८५ डेसिबलभन्दा बढी ध्वनि उत्पन्न गर्छ । यति चर्को ध्वनि सुन्दा कानको पर्दा र भित्री कानको संवेदनशील भित्ताका कोषिकामा क्षति पुग्ने गर्छ । जुन सुन्ने क्षमता कम हुनुको कारण बन्न जान्छ । यस्ता इयरफोनले कानका नलीको भित्र गहिराइ बनाउने काम गर्छ । जसले बहिरोपनाको जोखिम निम्त्याउन सक्छ । आरामदायक ध्वनि जस्तो कि ड...

दुबईमा समातिए साढे ३३ किलो सुन धनी

दुबईमा समातिए साढे ३३ किलो सुन धनी
काठमाडौं – विदेशमा बसेर सुन तस्करीमा लागनाी गर्ने हरिशरण खड्का दुबईमा पक्राउ परेका छन् । काभ्रेका खड्काविरुद्ध नेपाल प्रहरीको इन्टरपोल शाखाले ‘डिफ्युजन नोटिस’ जारी गरेपछि उनी समातिएका हुन् ।२०७३ पुसमा सीआइबीले अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद गरेको साढे ३३ किलो सुन बरामद घटनामा समेत खड्कालाई प्रतिवादी बनाइएको थियो । अदालतमा विचाराधीन सनम शाक्य हत्या र गायब पारिएको साढे ३३ किलो सुन प्रकरणमा समे...
trusted online casino malaysia