गुणस्तर विभागमा खुलमखुला घूसः एक घन्टामा १२ पटक लेनदेन, पैसा नदिए गेटसम्म खुल्दैन

गुणस्तर विभागमा खुलमखुला घूसः एक घन्टामा १२ पटक लेनदेन, पैसा नदिए गेटसम्म खुल्दैन
काठमाडौँ – काठमाडौं माछापोखरीस्थित नेपाल गुणस्तर तथा नापतौल विभाग पस्ने वित्तिकै देखिन्छ आकर्षक नारा । लेखिएको छ– गुणस्तरीयता, सन्तुष्टि, सुरक्षा र विश्वसनीयता । तर, विभागका कर्मचारीले मापन गरेवापत खुलमखुला घुस लिने गरेका छन् । आइतबार विहान ११ स्२० बजे ट्याक्सीको मिटरमा सिल लगाइदिने कर्मचारीले चालकसँग घुस मागे । सरकारी पोषक लगाएका ती कर्मचारीले भने, ‘चिया खर्च दिनुस् ।’ चालक अनकनाए । कमाइ नभएको भन...

मालपोत प्रमुखद्वारा कार्यालयमै कुखुरापालन

मालपोत प्रमुखद्वारा कार्यालयमै कुखुरापालन
रामेछाप / मालपोत कार्यालय रामेछापका प्रमुख बद्रीराज ढकालले कार्यालय परिसरमै कुखुरापालन गर्दै आएका छन् । कार्यालयमा हाजिर भएदेखि नै ढकालले व्यक्तिगत लाभका लागि कुखुरापालन गरेका हुन् । कार्यालय प्रमुखले कार्यालयको काममै अवरोध पुग्ने गरी कुखुरापालन गरेकोप्रति सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका छन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

भित्रियो सुपर कम्प्युटर, अब मुलुक सुपर कम्प्युटर युगमा

भित्रियो सुपर कम्प्युटर, अब मुलुक सुपर कम्प्युटर युगमा
बनेपा । मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको छ । नेपालको प्राज्ञिक उत्कृष्टताको अगुवाइ लिइरहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएसँगै मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको हो । साधारण कम्प्युटरले भन्दा हजारौँ गुणा छिटो गणना (प्रोसेसिङ) गर्ने क्षमता भएको सुपर कम्प्युटर नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा अनुसन्धान गर्न उपयोगी हु...

उपत्यकामा नेपाल प्रहरीको दोहोर चेकजाँच किन ?

उपत्यकामा नेपाल प्रहरीको दोहोर चेकजाँच किन ?
काठमाडौं, काठमाडौं उपत्यकामा नेपाल प्रहरीको दोहोरो चेकिङ प्रणाली सुरु भएको छ। उपत्यकाका तीनवटै प्रहरी परिसरको चेकिङ प्रणालीको अनुगमन गर्ने नाममा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले विभिन्न स्थानमा आफ्नो युनिट खटाएर चेकजाँच गर्ने गरेको छ। महानगरीय प्रहरी कार्यालयमातहतका तीनवटै परिसरले प्रत्येक दिन आफ्ना युनिटमार्फत चेकजाँच गरिरहेका हुन्छन्। काठमाडौं, ललितपुर र भक्तपुरमा गरी परिसरका करि...

कर्मचारीहरुले ठेगाना परिवर्तन गर्नुको रहस्य यस्तोपो…

कर्मचारीहरुले ठेगाना परिवर्तन गर्नुको रहस्य यस्तोपो…
काठमाडौं, अहिले कर्मचारी स्थायी ठेगाना परिवर्तनमा व्यस्त छन्। समायोजन गरिँदा आकर्षक स्थानमा पर्न उनीहरू धमाधम ठेगाना परिवर्तनमा लागेका हुन्। कर्मचारी समायोजनमा स्थायी ठेगानालाई प्रमुख आधार मानिएको छ। कार्यरत स्थान र स्थायी ठेगाना मिले दुर्गममा जानुपर्ने बाध्यता छल्न कर्मचारीले ठेगाना परिवर्तनको चलाखी गरेका हुन्। एक हजारभन्दा बढी कर्मचारीले ठेगाना परिवर्तन गरिसकेका छन्। वरिष्ठता, कार्यरत प्रदेश ...

तीव्र गतिको ‘जेटस्ट्रिम’ ले बढायो चिसो

तीव्र गतिको ‘जेटस्ट्रिम’ ले बढायो चिसो
काठमाडौँ – वायुमण्डलका माथिल्लो भेग हुँदै तीव्र गतिमा बहने वायुको मुस्लो ‘जेटस्ट्रिम’ र जमिनको सतह भएर बहने पश्चिमी वायुको दोहोरो प्रभावले मुलुकभरको तापक्रम घटेको छ । जेटस्ट्रिम र भारतको उत्तरपश्चिमी भेग हुँदै भित्रिएको पश्चिमी वायुको दोहोरो असरले अधिकांश भेगको तापक्रम घटाएको हो । भारतीय भूमिबाट चीनको तिब्बततर्फ बहने तीव्र गतिको युरोपेली वायु नेपालकै भु–भाग भएर बहँदा त्यसको प्रत्यक्ष अप्रत्यक्ष...

पारस जन्मदिन मनाउन साथीहरुसंग चितवनमा

पारस जन्मदिन मनाउन साथीहरुसंग चितवनमा
काठमाडौं । आफ्नो अधिकांस जन्मदिन छोराछोरीसंगै मनाउने गर्नुभएका पारसले यो वर्ष अरु साथीहरूसँग मनाउने हुनुभएकोे छ ।शनिवारै चितवन आउनुभएका पारसका साथमा राजेश सिह, सितल सिह लगायत आफ्ना नजिकका साथीहरू सहभागि भएका छन् । पारस आज पुस १५ गतेदेखि ४९ वर्ष लाग्दै हुनुहुन्छ । पुर्व राजा ज्ञानेन्द्रले भने छोराको जन्मदिन पोखरामा मनाउने अपेक्षा गर्नुभएको थियो । ‘आमा कोमल, श्रीमति हिमानी, छोरीहरु पुर्णिका, ...

काठेपुलमा पनि करः प्रत्येक पटक हिँडेर पुल तर्दा १५ रुपैयाँको टिकट

काठेपुलमा पनि करः प्रत्येक पटक हिँडेर पुल तर्दा १५ रुपैयाँको टिकट
धनगढी / जम्मा एक लाख लगानी गरे काठेपुल बन्न सक्छ । जनता सजिलै आवतजावत गर्न सक्छन् । तर, कैलालीको कैलारी गाउँपालिकाले पुललाई आम्दानीको स्रोत बनाएको छ । स्थानीय जनताले प्रत्येक पटक हिँडेर पुल तर्दा १५ रुपैयाँ र मोटरसाइकलबाट तर्दा ३५ रुपैयाँको टिकट काट्नुपर्छ । पुल बनाउन र सञ्चालन गर्न ठेकेदारलाई जिम्मा दिएर गाउँपालिकाले चारवटा काठेपुलबाट वार्षिक १५ लाख रुपैयाँ राजस्व उठाउन थालेको छ । आजको नयाँ पत्रि...

अझै चिसो बढ्ने, काठमाडौँमा माइनस ३.५ डिग्रीको रेकर्ड

अझै चिसो बढ्ने, काठमाडौँमा माइनस ३.५ डिग्रीको रेकर्ड
काठमाडौँ / केही दिनयता बढ्दै गएको चिसोका कारण देशभरका जनजीवन प्रभावित बनेको छ । उत्तरपश्चिमी वायुको प्रभावका कारण न्यूनतम तापक्रम घट्दै गएकाले चिसो बढेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा हिजोआज तापक्रम दैनिकजसो घटबढ भइरहेको छ । काठमाडौँ उपत्यकामा २७ पुस ०३४ मा तापक्रम माइनस ३.५ डिग्रीसम्म पुगेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

सशस्त्रका एआइजीसँग आठ र अनुसन्धानका प्रमुखसँग पाँच गाडी, श्रीमती र छोरीलाई पनि गाडी

सशस्त्रका एआइजीसँग आठ र अनुसन्धानका प्रमुखसँग पाँच गाडी, श्रीमती र छोरीलाई पनि गाडी
काठमाडौँ / सशस्त्र प्रहरीका एआइजी शैलेन्द्र खनालले राज्यकोषबाट किनेका ८ गाडी प्रयोग गर्दै आएका छन् । उनले बा.२ झ ११७४, बा.१ झ ६०९१, बा. झ ८२६६, बा. २ झ ३६८, बा. २ झ ११७१, बा. २ झ २३९१, बा. १ झ ६६१३ र बा. १ झ ९१४३ नम्बरको गाडी प्रयोग गर्छन् । यी सबै गाडीमा इन्धन, मर्मत, चालक खर्च सरकारले व्यहोर्दै आएको छ । त्यस्तै राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीपराज रेग्मीले राज्यकोषबाट किनिएका पाँच गा...
trusted online casino malaysia