लाग्यो मुग्लानीलाई दशै,भारतमा लुटिने क्रम सुरु

लाग्यो मुग्लानीलाई दशै,भारतमा लुटिने क्रम सुरु
भैरहवा,२२ असोज । रोजगारीका क्रममा भारत गएका नेपाली कामदार स्वदेश फर्किने क्रम सुरु भएको छ। स्थलमार्ग हुँदै फर्किएका मुग्लानीका कारण बेलहिया नाका आजभोलि व्यस्त हुने गरेको छ। भारतको हरियाणास्थित होटलमा कार्यरत पर्वतका ४१ बर्से कृष्णबहादुर पाण्डे बेलहिया बसपार्कमा भेटिए। उनले भने, ‘परिवारसँग दसैं मनाउन नपाएको २ वर्ष भइसकेको थियो, यसपालि त जसरी नि परिवारसँगै मनाउँछु भनेर आएँ।’ महाराष्ट्रमा भारतीय सेन...

ट्रायल पास गरेको १२ महिना चिटकै भरमा, मन्त्रीको चलखेलका कारण मुलुकलाई लाखौं घाटा

ट्रायल पास गरेको १२ महिना चिटकै भरमा, मन्त्रीको चलखेलका कारण मुलुकलाई लाखौं घाटा
काठमाडौं,२२ असोज । सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्ने जिम्मेवारी निजी कम्पनीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सरकारद्वारा छापिँदै आएको स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले उक्त कार्ड छाप्नका लागि दशवटा मेसिन खरिद गरेपछि हाल चारवटा मात्र सञ्चालनमा रहेको छ । विभागले पटकपटक छोटो समयभित्र नै ट्रायल पास गरेका ...

एसपी विष्ट र बम दिदीबहिनीमाथि पुन: छानबिन गर्न निर्देशन

एसपी विष्ट र बम दिदीबहिनीमाथि पुन: छानबिन गर्न निर्देशन
काठमाडौं ,२२ असोज । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि पुन: छानबिन गर्न आइतबार सरकारलाई निर्देशन दिएको छ । कञ्चनपुर पुगेर घटनाको स्थलगत अध्ययन गरेको मानव अधिकार आयोगको टोलीले तयार पारेको प्रतिवेदनका आधारमा आयोगले सरकारलाई विष्ट र बम दिदीबहिनीमाथि पुन: छानबिन गर्नुपर्नेलगायत ८ बुँदे निर्देशन दिएको हो । ...

पूर्वराजा ज्ञानेन्द्र किन जाँदैछन् भारत ?

पूर्वराजा ज्ञानेन्द्र किन जाँदैछन् भारत ?
काठमाडौं / थाइल्यान्ड हुँदै श्रीलंका भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र परिवार भारतको धार्मिक भ्रमणमा सहभागी हुन भारतको महाराष्ट्र मुम्बई जाने कार्यक्रम तय भएको छ । उनी मुम्बईको वाधलापाडस्थित पद्मश्री सिद्ध योगपिठ गुरुधाममा घटस्थापना अर्थात असोज २४ देखि कात्तिक १ गतेसम्म आयोजना हुने लक्ष्यचण्डी महायज्ञको प्रमुख अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । भ्रमणमा उनीसँगै पूर्वरानी कोमल,...

अन्ततः वामदेवलाई चुनाव लडाउन काठमाडौंमै सिट खाली हुँदै

अन्ततः वामदेवलाई चुनाव लडाउन काठमाडौंमै सिट खाली हुँदै
नेकपा नेता वामदेव गौतमले काठमाडौं ७ बाट चुनाव लड्ने सम्भावना बढेको छ । डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायतका जिल्लाका सांसदले राजीनामा गर्न अस्वीकार गरे पनि काठमाडौं ७ का रामवीर मानन्धरले भने गौतमका लागि सिट खाली गर्ने भएका छन् । मानन्धरले राजीनामाका लागि सोमबार नेकपाको सचिवालय बैठकमा निवेदन दिइसकेका छन् । उनको राजीनामा संसदबाट स्वीकृत हुने प्रक्रिया अघि बढेलगत्तै गौतमलाई बुधबार बस्ने सचि...

अमेरिकामा अपराध नेपालमा लुकिछिपी बसोबास

अमेरिकामा अपराध नेपालमा लुकिछिपी बसोबास
अमेरिका, २१ असोज । यहाँको एक अदालतले नेपाली मूलका अमेरिकी नागरिकले बालिकालाई वर्षौंसम्म पटक–पटक बलात्कार गरेको अभियोग लगाएको छ । प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उक्त मुद्दा हेर्ने सरकारी वकिलका अनुसार बोस्टनको एभरेट टाउनमा बस्ने ४६ वर्षीय अभियुक्त नवराज कोइरालाले एक बालिकालाई ९ देखि १४ वर्षको उमेरमा पटक–पटक बलात्कार गरी ज्यान मार्ने र यो कुरा अरुलाई भनेमा सबै परिवारलाई मारी आफू...

गोरुकाे दुध : ल्याब टेस्ट गर्न बाहिरी देश पठाउने तयारी

गोरुकाे दुध : ल्याब टेस्ट गर्न बाहिरी देश पठाउने तयारी
सिन्धुपाल्चोक – पहिले कहींकतै नदेखेको-नसुनेको दूध दिने गोरु हेर्न आउनेको लर्को अझै घटेको छैन । हेलम्बु गाउँपालिका इचोक पुरानागाउँस्थित दुधालु गोरु हेर्न आउनेहरुका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेको छ । पुरानागाउँमै गोरुका लागि घाँसपात, दानापानीको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोरिरहेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘दूधको थप ल्याब टेस्ट गर्न...

सुरक्षाकर्मीबाटै नाकामा अबैध असुली

सुरक्षाकर्मीबाटै नाकामा अबैध असुली
काठमाडौं, २१ असोज । चाडपर्व मनाउन घर फर्किरहेका नेपालीबाट सीमानाकामा भारतीय सुरक्षाकर्मी र भन्सार कर्मचारीले जबर्जस्ती पैसा असुल्ने गरेका छन् ।भारतको पुनाबाट फर्किएका कैलाली मसुरियाका विवेक रसाइलीले गौरीफन्टा नाकामा भारतीय भन्सार कर्मचारीले पैसा मागेको बताए ।‘पैसा दिन्नँ भन्दा सामान चेकजाँच गर्ने नाममा सतायो, धकेलधाकेल ग-यो,’ उनले भने ।नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

फास्टट्रयाकमा काटिएका काठ कुहिँदै

फास्टट्रयाकमा काटिएका काठ कुहिँदै
बारा, २१ असोज । समयमै बिक्र्रीवितरण हुन नसक्दा राजधानी तराई मधेस द्रुतमार्ग निर्माण क्र्र्र्र्र्र्रममा नेपाली सेनाले बाराको निजगढ क्षेत्रमा काटेको करोडौै रुपैया मूल्य बराबरको काठ कुहिन थालेका छन । तराईलाई राजधानीसंग जोडने छोटो सडकको रुपमका रहेको द्रुतमार्गको निजगढ क्षेत्रमा सामुदायिक र राष्ट्रिय वनबाट सेनाले कटान गरेर घाटगद्दि गरेर राखेको काठ दाउरा बिक्री वितरण हुन नसक्दा कुहिदै गएको हो । वर्षाको...

ओभरटेक गर्दा एकै परिवारका ३ सहित ६ जनाको मृत्यु

ओभरटेक गर्दा एकै परिवारका ३ सहित ६ जनाको मृत्यु
असोज २१, काठमाडौं । दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्जका लागि छुटेको  हायस दुर्घटना हुँदा एकै परिवारका तीनसहित ६ जनाको मृत्यु भएको छ।शनिबार तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको हायस बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैया ठुटे जंगलमा दुर्घटना भएको हो। हायस र ट्रक ठोक्किदा भएको गम्भीर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएको हो। मुत्यु मध्ये पाँचजना दाङ जिल्लाकै रहेका छन्। एक ...
trusted online casino malaysia