निर्मला हत्या प्रकरण: प्रहरीको अनुसन्धान शून्य

निर्मला हत्या प्रकरण: प्रहरीको अनुसन्धान शून्य
कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पूरा भएको छ । ठीक दुई महिना अगाडि, गत साउन १० गते साथीको घरमा ‘होमवर्क’ गर्न गएकी उनको बलात्कारपछि हत्या भएको थियो । साउन ११ गते निर्मलाको शव घर नजिकैको उखुबारीमा फेला परेको थियो । घटनाको भएको दुई महिना भइसक्दा पनि दोषी पहिचान हुन सकेको छैन । साउन ११ देखि नै अनुसन्धानमा जुटेको प्रहरी प्रशासनले...

जब होनाहार युवाका दुवै मिर्गाैला फेल भए

जब होनाहार युवाका दुवै मिर्गाैला फेल भए
काठमाडौं, ९ असोज । गोठाले जीवन बन्धनरहित थियो । वस्तुभाउ जंगलतिर पठाइदिएपछि आरामले चर्न थाल्थे । साथीभाइ गुच्चा प्रतियोगितामा रमाउँथ्यौँ । खेलमा झेल हुन्थ्यो । झेल हुँदा विष्णु खत्री कुरा मिलाउन अघि सर्थे । विपक्षमा हुँदा पनि उनी मेरो बचाउ गर्थे । १० कक्षासम्म यसैगरी बित्यो । एसएलसी पास गरेपछि म घोराही गएँ । विष्णु लमही । भेटघाट पातलो भयो । चाडपर्वमा घर जाँदा मात्र भेट हुन्थ्यो । भेटिँदाको उल्लास ...

म्यानपावरको धरौटी बृद्धिः ठूला कम्पनीलाई ६, सानालाई तीन करोड

म्यानपावरको धरौटी बृद्धिः ठूला कम्पनीलाई ६, सानालाई तीन करोड
म्यानपावर कम्पनीले राख्नुपर्ने धरौटी ६ करो८ रुपैयाँ पुर् याउने तयारी गर्दा चर्को विरोध खेपेको सरकारले कामदार पठाएको तथ्यांकअनुसार धरौटीको सीमा तोक्ने तयारी गरेको छ।सबै म्यानपावरले ६ करोडको एकैखाले धरौटी राख्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै सरकारले धरौटी रकमको सीमा दुईथरी राख्ने तयारी गरेको हो। विदेशमा धेरै कामदार पठाउने म्यानपावरको धरौटी धेरै र थोरै कामदार पठाएनेको कम गर्ने व्यवस्था मिलाउन सरकार ल...

यसरी आउन सक्छ राजसंस्था ! भारतमा बन्दै छ डिजाइन

यसरी आउन सक्छ राजसंस्था ! भारतमा बन्दै छ डिजाइन
काठमाडौं, ९ असोज । राजनीतिक अस्थिरता निम्त्याउँदै भारतको सहयोगमा दरबारले टाउको उठाउने खेल सुरु गरेको छ । यसैका लागि निरन्तर पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहको थाइल्यान्डदेखि भारतसम्मको भ्रमणको कार्यक्रम तय भएको थियो । अहिले थाइल्यान्डमा रहेका ज्ञानेन्द्र र हिमानी केही समयमा भारत भ्रमणका लागि पुग्नेछन् । उनीहरूको व्यवस्था परिवर्तनका लागि भएको कसरतलाई भने दरबारले अस्वीकार गरे...

नेकपाभित्रको गुटैगुट, कसका छन् गुट ?

नेकपाभित्रको गुटैगुट, कसका छन् गुट ?
पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ। वरिष्ठ नेता झलनाथ खनालको पार्टी एकता भएकै दिनदेखि वरियताको एजेन्डा उठाएको–उठायै छन्। प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी पदबाट राजीनामा नै दिनुपर्ने अवस्था आयो। उनको राजीनामा स्वीकृत हुने प्रक्रियामै पुगेन। अर्का वरिष्ठ नेता माधव नेपाल भन्दैछन्– पार्टीमा आफ्नो पक्षका नेतालाई अध्यक्ष ओलीकै कारण जिम्मेवारीमा भेदभाव गरि...

अमेरिकाबाट एम–१६ राइफल खरिद गर्दै नेपाली सेना

अमेरिकाबाट एम–१६ राइफल खरिद गर्दै नेपाली सेना
नेपाली सेनाले इन्सास र एसएलआर हतियार विस्थापन गरेर मामतहतका सबै फौजलाई अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘एम–१६’ राइफल उपलब्ध गराउने भएको छ।  करिब १५ वर्षपछि एकै पटक एम–१६ राइफलसहित सेनाले अमेरिकाबाट ठूलो परिणाममा घातक सैन्य सामग्री किन्न लागेको हो। एउटा एम–१६ राइफलको मूल्य एक हजार ५०० देखि तीन हजार अमेरिकी डलरसम्म पर्ने छ। करिब ९७ हजार फौज तैनाथ रहेकोमा आगामी चार वर्षभित्र इन्सास र एसएलआर राइफल...

निर्मला हत्यापछि प्रदेश ७ मा मात्रै २८ जना बलात्कृत !

निर्मला हत्यापछि प्रदेश ७ मा मात्रै २८ जना बलात्कृत !
कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा घटना भएका छन्। यस प्रदेशमा साउनमा १० र भदौमा १७ वटा बलात्कारका घटना भएको प्रदेश ७ प्रहरी कार्यालयको तथ्यांक छ। असोज ४ मा भएको बलात्कारको घटना भने यो तथ्यांकमा समावेश छैन। यो समेत यस प्रदेशमा साउनयता बलात्कारका २८ वटा घटना भएका हुन् । प्रदेश ७ मा पर्ने कञ्चनपुर उल्टाखामकी निर्मलाको साउन ...

नारा ‘डिजिटलाइजेसन’ कार्यशैली परम्परागत

नारा ‘डिजिटलाइजेसन’ कार्यशैली परम्परागत
काठमाडौँ, ८ असोज  । सरकारले २० लाख पर्यटक ल्याउने योजनासहित सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरे पनि प्रचारप्रसार र कार्यशैली परम्परागत नै भएकोमा सरोकारवालाहरूले असन्तुष्टी पोखेका छन् । यस्तै मुलुकलाई ‘डिजिटलाइजेसन’मा लैजाने नारा बाँडेको सरकारको प्रचारप्रसार र कार्यक्रम विगतको भन्दा फरक नभएको पनि उनीहरूको टिप्पणी छ । संयूक्त राष्ट्र संघको बल्र्ड टुरिजम अर्गनाइजेसनले प्रविधिको अधिकतम् प्रयो...

स्थानीय तहलाई पनि कागजविहीन बनाउने तयारी

स्थानीय तहलाई पनि कागजविहीन बनाउने तयारी
मन्त्रिपरिषद्को बैठक पेपरलेस (कागजविहीन) भएसँगै स्थानीय तहलाई कागजविहीन बनाउने गृहकार्य अघि बढाएइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सहकार्य गरेर त्यसको गृहकार्य अघि बढाएको हो । गत श्रावण १० गते कार्यालयले मन्त्रिपरिषद्को बैठक स्वचालित प्रणालीअनुसार सञ्चालन गरी कागजविहीन बनाइएको थियो। मन्त्रालयले ‘अफिस अटोमेशन प्रणाली’ ल्याउन तयारी ...

बलात्कारी बाबुले छोरीलाई भने– ‘मलाई फाँसी देउ’

बलात्कारी बाबुले छोरीलाई भने– ‘मलाई फाँसी देउ’
ललितपुर, ८ असोज ।  सुन्दा  फेरि पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरी (ए) बहादुरले ११ वर्षकी छोरी चापागाउँ (ग) कुमारीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि घटना बाहिरिएको छ । अनुसन्धानपछि यो घटना सत्य सावित भएसँगै जिल्ला अदालतले बलात्कारी बाबुलाई २६ वर्ष कैद सजाय सुनायो । न्यायाधीश अवनी मैनालीको एकल इजलासले अन्तिम आदेश जारी गर्दै ...
trusted online casino malaysia