बाढीपहिरोका कारण राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति

बाढीपहिरोका कारण राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति
अविरल वर्षासँगै आएको बाढीपहिराका कारण मुलुकका विभिन्न राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति पुगेको छ । वर्षापछिको बाढीपहिराका कारण क्षति पुगेका राजमार्गका करिब तीन दर्जन स्थानमा अझै अवरोध हटेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागका अनुसार गत २५ असारदेखि मंगलबारसम्म विभिन्न सडकखण्डका १ सय ३ स्थानमा क्षति पुगेको छ भने ती स्थानमा यातायात अवरुद्ध भएको थियो । जसमध्...

माधवलाई शीतलनिवास बोलाएर राष्ट्रपतिले के भनिन् ?

माधवलाई शीतलनिवास बोलाएर राष्ट्रपतिले के भनिन् ?
अघिल्लो साता शीतलनिवासबाट एकाएक नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलावट भयो । पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बखत आएको खबरलाई मध्यनजर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न नेपाल कोटेश्वरबाट महाराजगञ्जतिर हुईंकिए । राष्ट्रपतिले भनिन्, ‘तपाईंलाई मध्यस्थकर्ताको रूपमा सबैले निपुण ठान्छन् । अहिले पार्टीमा देखिएको अन्तरविरोध समाधानमा पनि त्यहीअनुसार गरिदिनुप¥यो ।’ नेपाल केह...

एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने

एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने
एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने भएको छ । करिब ३० जिल्लाबाट प्राप्ताङ्क नआइपुगेका कारण ढिलो हुने भएको हो । निरन्तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका ९ जिल्लाका कुनै पनि विद्यालयको प्राप्ताङ्क पनिकामा पुग्न सकेको छैन । सुदूरपश्चिम र प्रदेश १ को पहाडी जिल्लाका केही जिल्लाका विद्यालयले अहिलेसम्म प्राप्ताङ्क उपलब्ध नगराएका कारण परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण...

बाढीपहिरोले देशव्यापी क्षति

बाढीपहिरोले देशव्यापी क्षति
काठमाडौं । भारी वर्षापछि बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न ठाउँमा जनधनको क्षति पुगेको छ। संघीय राजधानी रहेको काठमाडौं उपत्यकाकै धेरै स्थान जलमग्न भएका छन्। बागमती, धोबी, विष्णुमती, बल्खुलगायत खोलाको बाढीले आसपासका बस्ती डुबानमा परेका छन्। काठमाडौंमै पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ। कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीमा सोमबार राति २२ वर्षीय नवराज गुरुङको मृत्यु भयो। टोखा नगरपालिका–१ मा ...

तीन वर्षदेखि ओछ्यानमा, उपचार खर्च अभाव, बुबा रक्सीले लठ

तीन वर्षदेखि ओछ्यानमा, उपचार खर्च अभाव, बुबा रक्सीले लठ
महोत्तरी । पाउदेखि कम्मरसम्म घाउ नै घाउ छ। घाउ पिलिएर सहिसक्नु छैन। उपचार गर्न मन छ तर खर्च छैन। यस्तै पीडाले छटपटाइरहेकी छन्, १६ वर्षीया मञ्जुकुमारी ठाकुर। लाउँलाउँ, खाउँखाउँ भन्ने उमेरमा मञ्जु तीन वर्षदेखि ओछ्यानमै थला परेर बसेकी छन्। उनी कसरी यो हालतमा पुगिन् त ? घटना तीन वर्षअघिको हो। जलेश्वर नगरपालिका–१२ नैनहीकी मञ्जु १३ वर्षकी थिइन्। उनी मामाघर गइन्। दीपावलीको उल्लास थियो। घर लिप्ने माटो लिन...

शिक्षण अस्पतालकाे बैंक खाताबाटै साढे १६ करोड हरायो

शिक्षण अस्पतालकाे बैंक खाताबाटै साढे १६ करोड हरायो
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झन्डै साढे १६ करोड रुपैयाँ हराएको छ। अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैयाँ बैंक मौज्दात देखाएको थियो। सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार रुपैयाँ मौज्दात छ। बैंकमा १६ करोड ४४ लाख ८ हजार रुपैयाँ घटी देखिएको छ। घटी...

यस वर्ष फलेन जुम्लामा स्याउ, किसान चिन्तित

यस वर्ष फलेन जुम्लामा स्याउ, किसान चिन्तित
यस वर्ष जुम्लामा स्याउका बोटमा दाना लागेनन् । जसले गर्दा यहाँका किसान चिन्तित छन् । स्याउका फूल तुषारोले खाएपछि स्याउमा फल नलागेर उत्पादनमा निकै कमी आउने भएको छ । धेरैजसो स्याउका बोटमा यस वर्ष छिटफुट मात्रै फल लागेको किसानले बताएका छन् ।चन्दननाथ नगरपालिका वडा नं ३ का किसान रामकृष्ण बुढ्थापाका अनुसार यो वर्ष स्याउका बोटमा खासै फल देखिँदैन । आफ्नो बगैँचा भएको रडिखेल्ला क्षेत्रका सबै बगैँचामा स्याउका...

भारतमा पढ्न जाने विद्यार्थीलाई राजस्वको दायरामा ल्याउन नसक्दा करिब २८ करोड गुम्यो

भारतमा पढ्न जाने विद्यार्थीलाई राजस्वको दायरामा ल्याउन नसक्दा करिब २८ करोड गुम्यो
काठमाडौं । सरकारले उच्च शिक्षा अध्ययनका लागि भारत जाने विद्यार्थीलाई राजस्वको दायरामा ल्याउन नसक्दा एक वर्षमै करिब २८ करोड रुपैयाँ गुमेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५७औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५-७६ मा २७ करोड ७५ लाख ६३ हजार रुपैयाँ राजस्व गुमेको छ । वार्षिक प्रतिवेदनमा आव २०७५-७६ मा १० हजार ५ सय विद्यार्थीले नेपालबाट भारतमा गई स्नातक तह अध्ययन गरेको उ...

स्वास्थ्य क्षेत्रमा दाताले उपलब्ध गराएको झन्डै ११ अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न

स्वास्थ्य क्षेत्रमा दाताले उपलब्ध गराएको झन्डै ११ अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न
स्वास्थ्य क्षेत्रमा दाताले उपलब्ध गराएको झन्डै ११ अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न खडा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दाताले सहयोगस्वरूप उपलब्ध गराएको १० अर्ब ७० करोड ३७ लाख रुपैयाँको हिसाब पारदर्शी नभएको देखिएको हो । जर्मन सरकार सहयोग अन्तर्गतको केएफडब्लूले स्वास्थ्य मन्त्रालयलाई अनुदानमार्फत उपलब्ध गराएको १ अर्ब रुपैयाँबराबरको बजेट लेखापरीक्षण नै नभएको पाइएको छ । जसमध्ये ९ क...

सहमति खोज्न दुई अध्यक्ष सघन छलफलमा

सहमति खोज्न दुई अध्यक्ष सघन छलफलमा
काठमाडौं । नेकपामा देखिएको संकट निवारण गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार सघन छलफल भएको छ । सहमतिको मिलनबिन्दु खोज्न अध्यक्षद्वयबीच बालुवाटारमा तीन घण्टा बढी छलफल भए पनि ठोस निकास भने निस्कन सकेको छैन । दुई अध्यक्षबीच सहमति खोज्ने उद्देश्यले सोमबार पुनः छलफल गर्ने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबारको छलफलमा अध्यक्ष ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र अ...
trusted online casino malaysia